बेल्जियममा संविधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेल्जियममा ‘नेपालको संबिधान २०७२ कार्यन्वयनमा देखिएका चुनौती र समाधानहरु’ बिषयक अन्तरक्रिया कार्यक्रम giriraj maniसम्पन्न भएको छ। नेपाल सरकारका शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको समुपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालका विभिन्न राजनीतिक दल निकट भात्रृ संगठनका सदस्यहरुले संविधान कार्यान्वयन सम्वन्धमा राय व्यक्त गरेका थिए।

सबैबाट व्यक्त गरिएका रायलाई सम्बोधन गर्दै पोखरेलले मधेशमा देखिएको आन्दोलन समग्र मधेशको नभई केहि दलको मात्र भएको उल्लेख गर्दै त्यो न्यायपूर्ण नभएको बताए। उनले मधेश आन्दोलनमा फरक फरक सोच रहेको उल्लेख गर्दै भारतको आडमा नाकाबन्दी गरिनुले पृथकतावादीलाई मदत पुगे बताए। उनले उपयुक्त मागहरुलाई संबिधान संसोधन मार्फत संसोधन गर्न सकिने उल्लेख गर्दै अंगिकृत नागरिकलाई कार्यकारी प्रमुख बनाउन नसकिने बताए।

उनले संविधानका अन्तर्वस्तुको अध्यन नै नगरी समावेशी र पहिचान बिषयमा जनतामा भ्रम सिर्जना गरिएको उल्लेख गर्दै भने ‘‘तपाई नेपालको जुन ठाउँबाट आए पनि यहाँ नेपालबाट आएको भन्नुहुन्छ, यहि हाम्रो साझा पहिचान हो।’ गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै पहिचानको कुरा गर्नेहरुलाई संविधानको नयाँ व्यवस्था बुझ्न आग्रह गरे।pqd

एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली दूतावासका कन्सुलर घनश्याम भण्डारी, एनआरएन केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठका साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र गैर आवासीय नेपाली उपस्थित थिए।gri