बेल्जियममा विश्व कविता दिवस मनाईयो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता गोष्ठीको आयोजना गरी विश्व कविता दिवस मनाएको छ।
कविता दिवसको अवसरमा नेपाली कविहरुले कविता तथा मुक्तक सुनाएका थिए। कार्यक्रममा कविहरु बिमल गिरी, gangaदीपकज्योति पौडेल, सौरभ कारंजित, माधव सापकोटा, मोहन खत्री, परमानन्द सापकोटा र कवयित्री सीता सापकोटाले आ आफ्ना कविता एंव मुक्तक सुनाएका थिए।
आइतवार बेल्जियमको लुभेनमा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास बेल्जियमका पूर्व अध्यक्ष एंव अनेसास युरोपका उपाध्यक्ष बिमल गिरी, सांग्रिला समाजका अध्यक्ष खड्क बहादुर केसी, क्षेत्री समाजका अध्यक्ष मोहन खत्री, नेपाली व्यवसायी संघका उपाध्यक्ष बिनोद धिताल, प्रवासी महिला मंचका उपाध्यक्ष सबिता दाहाल, नवलपरासी सहायता समाजका नरहरी सापकोटा लगायत अन्य संघ सस्थाका पदाधिकारीहरु सहभागी थिए। दीपकज्योति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन परमानन्द सापकोटाले गरेका थिए ।poetry day