बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

tamang samajबेल्जियममा तामांग समाज बेल्जियमले २८५३ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।  कार्यक्रमका लागि नेपालबाट कलाकारहरु संजय लामा, रश्मी तामांग, सागर वाइवा, मेघ लामा र नेपाली तारा -२ सन्तोष लामा बेल्जियम आउदै छन् ।

चरा वर्गको अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने भएका छन् । कार्यक्रम यहि २८ जनवरीमा बेल्जियमको लुभेनस्थित ओन्स हाउसमा साझ ५ बजे देखि शुरु समाजले जनाएको छ ।