बेल्जियममा राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

बेल्जियममा ४० औ राष्ट्रिय मेलमिलाप दिवसको आयोजना गरिएको छ । कार्यक्रम यहि सोमवार दिनको १ बजे लुभेनमा सम्पन्न हुदैछ । कार्यक्रम सम्पन्न गर्नको लागी नेपाली काग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानको संयोजकत्वमा आयोजक समिति समेत गठन गरिएको छ ।

कार्यक्रममा सहभागिताको लागी बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई आव्हान समेत गरिएको छ ।