बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

6‘भन भन भाइ हो देउसिरे..’ मादल भिरेर देउसिरे भट्याउदै हलमा प्रवेश गरे गायक बलराम पुनको देउसिरे टोली । खचाखच भरिएको हलमा भैलेनी टोलीलाई निकै हर्षका साथ तालीले स्वागत गरे दर्शकहरुले। ‘हराउदै गएको हाम्रो संस्कृतिलाई जोगाउन भनि देउसीमा खेल्दै भैलीमा खेल्दै आइमा पुग्यौ’ मन्चमा पुगेर उनले दर्शक सामु सुनाए र गुरु मादल बजाएर जगाए ।

उनको साथ सहभागी थिए युरोनेपाल कलाकार संघ बेल्जियमद्वारा संचालित नृत्य स्कुलका ८५ जना कलाकारहरु गुन्यूचोली लगायत फरक फरक पहिरनमा । कालाकारहरु संगै दर्शकहरुले पनि साथ दिएका थिए गायक पुनको देउसीरे स्वरमा ।

‘हामी त्यसै आएका होइनौ बलि राजाले पठाएर आएका हौ’ दर्शकहरुलाई आफू आएको जानकारी दिदै थिए । उनको साथ थिए अर्का गायक जिम्मी गुरुङ बाध्यबादक अमर राना, मिन पुन, भरत लामा । ‘तिहारैको देउसी र भैलो सबै मिली गरौ है रमाइलो’ उनीहरुले गाउदै नाच्दै थिए । त्यतिकैका साना बहिनीहरुको टोली हातमा नाग्लो लिएर दक्षिणा थाप्न दर्शकमाझ पुगिहाले । देखेर देउसिरे टोलीले थपे ‘यो कार्तिके दान दिएर आशिर्वाद लिनुहोला ।’ भन्दै आशिर्वाद दिएर देउसीभैलोलाइ परम्परागतरूपमा मनाए । 3

युरोनेपाल कलाकार संघ बेल्जियमको आयोजना शनिवार कार्यक्रम सम्पन्न भएको थियो बेल्जियमको अन्त्वेर्पेंनमा । थुप्रै गीत नृत्यहरु प्रस्तुत गरिएको तिहार साझ कार्यक्रमका प्रमुख अतिथि थिए नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारी । कार्यक्रमको संचालक थिए मुना ताम्राकार र सोफिया महर्जन कार्की भने कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गरेका थिए उत्तरकुमार सिंहले ।22

‘परम्परागत र सांस्कृतिक पर्व तिहार चाडबाड मनाउँदा वातावरण निरस नहोस् भनेर नाच्ने गाउने कार्यक्रमको आयोजना गरेका हौ।’ भनिन संघकि अध्यक्ष पार्वती अधिकारीले ।11421