बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको  स्मरण गर्दै बेल्जियममा  १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा कविता वाचन गरेका थिए ।

बेल्जियमको अन्त्वेर्पेंन स्थित ‘नेपाली भाषा र सृजनात्मक कक्षा’ मा अध्ययनरत नेपाली विधार्थीहरु माझ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ८ देखि १२ वर्ष सम्मका नेपाली बालबालिकाहरुले नेपाली राष्ट्रिय गानका साथै सामुहिक रुपमा कविता वाचन गरेका थिए । साथै विधार्थी सविना पौडेलले आफ्नै र दीपिका केसीले सीता केसीको कविता वाचन गरेकी थिइन् ।raashtriya-gaan

कार्यक्रममा शिक्षिका सोफिया महर्जन कार्कीले बेल्जियममा रहेका नेपाली अभिभावकका बच्चाहरुलाई नेपाली भाषा कला र संस्कृति बारे  सिकाउन पाउदा  खुशी लागेको बताइन ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए सचिव अर्जुनकुमार श्रेष्ठले नेपाली कला साहित्य र संस्कृतिको जगेर्नाले प्रवासमा  नेपाली पहिचान कायम राख्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा एनआरएन बेल्जियम आईसीसी सदस्य जानकी गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष सुवास जोशी, व्यावसायी संघ अध्यक्ष सीपी भट्ट, एनआरएन बेल्जियम महिला संयोजक निर्मला बजगाई र प्रवासी नेपाली मंचका पूर्व अध्यक्ष चन्द्र गुरुङले शुभकामना दिएका थिए ।  साथै कविहरु राजकुमार पुडासैनी, सौरभ कारंजित, माधब सापकोटा, नन्दराज घले, डिल्ली अम्माइ र कवयित्री जानकी गुरुङ र टिका निरौलाले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । कार्यक्रममा विधार्थीहरु एंव शिक्षिकालाइ मायाको चिनो समेत प्रदान गरिएको थियो भने आगामी वर्ष देखि भाषा कक्षामा उत्कृष्ठ हुने पहिलो, दोश्रो र तेश्रो विधार्थीलाइ पुरस्कृत समेत गरिने भएको छ ।

दीपकज्योति पौडेलको अध्यक्षता र माधव सापकोटाद्वारा संचालन गरिएको कार्यक्रममा नन्दराज घलेले स्वागत र डिल्ली अम्माईले मोतीको जीवनी प्रस्तुत गरेका थिए ।
photostudent