बेल्जियममा पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न

बेल्जियममा नेपालीहरु बीच पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो क्लव बेल्जियमको आयोजनामा सोमवार बेल्जियमको ब्रुजमा भएको खेलमा कृष्ण अधिकारी प्रथम भएका छन् । ३२ जना प्रतिस्पर्धी रहेको उक्त hamro club 1प्रतियोगितामा जीवन गुरुङ द्विप्तिय र समित गुरुङ तृतीय भएका छन भने पुकार गुरुङले हाइएस्ट ब्रेकको उपाधि जितेका ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीयहुने खेलाडीहरुलाई क्लवका अध्यक्ष रमेश कंडेल, एनआरएनए बेल्जियमका अध्यक्ष श्री गंगाधर गौतम, एनआरएन संरक्षक दिल गुरुङ र नेपाली ब्यावसायी संघ बेल्जियमका संस्थापक अध्यक्ष श्री राधाकृष्ण अधिकारीले संयुक्त रुपमा क्रमश ३००, २०० र १०० युरो सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएका थिए ।

प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए बेल्जियम, दोश्रो पुरस्कार नेपाली ब्यावसायी संघ बेल्जियम र तेस्रो पुरस्कार ईनास युरोपले र अन्य व्यपस्थापनको लागी एनआरएन सचिव अर्जुन कुमार श्रेष्ठ , कुमार बरुवाल र घनश्याम काफ्ले, सिता सापकोटा , सरस्वती चापागाई , पदम गुरुङ , दिल गुरुङ, सुर्या श्रीकृष्ण श्रेष्ठका साथै तमु समाज बेल्जियम, ईन्द्र धनुष क्लब लुभेन , ONF लुभेन , सोल्टी VZW अन्त्वेर्पेन्, NBYC, ठकुरी समाज बेल्जियम, हिमालयन सोसाईटी सिन्त्रैदिन, नेपाली समुदाय ओस्टन्डे तथा एभरेष्ट नेपाली समाज ब्रुगेले सहयोग गरेका थिए।

प्रतिष्पर्धाको उद्वघाटन एनआरएन केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठले गरेका थिए । आगामी वर्ष जुन ५  मा स्नुकर टुर्नामेन्ट -२ को आयोजना गरिने क्लवले जनाएको छ ।hamro club