बेल्जियममा नेपाल महोत्वसको आयोजना

नेपाल प्रवद्र्घनवनको लागी बेल्जियममा एक दिने नेपाल महोत्सवको आयोजना गरिने भएको छ । महोत्सव आउ‘दो NRNA Belgiumमहिना अप्रिल १७ मा बेल्जियमको लुभेनमा हुदैछ । बेल्जियमको प्राज्ञिक शहर लुभेनमा हुने उक्त महोत्वसमा नेपालको बहुल लोक संस्कृति झल्किने बिभिन्न झॉकीका साथै महोत्सव अवधिभर नेपाली गीत संगीतले मनोरन्जन प्रदान गरिने भएको छ भने नेपाली नौमती बाजा पनि बजाइने भएको छ।

एकदिने महोत्सवमा नेपाल चिनाउने विभिन्नखाले १९ स्टल समेत राखिने भएको छ । नेपाल पर्यटन प्रवर्द्वनको लागी छुट्टै स्टल राखेर नेपालबारे जानकारी गराइने र स्थानीयहरूलाने नेपाल भ्रमण गर्न प्रोत्साहन गरिने एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले बताए । महोत्वसमा नेपाली दूतावास ब्रसेल्सका राजदूत राममणि पोखरेल, लुभेन नगरपालिकाका प्रतिनिधिहरुका साथै स्थानीयहरूको पनि उल्लेख्य सहभागिता रहने अनुमानका साथ कार्यक्रमलाई भव्य बनाउन बिभिन्न समिति गठन गरी जिम्मेवारी समेत प्रदान गरिएको छ ।
गठन गरिएका समिति अन्तर्गत खाना व्यवस्थापन समितिमा पदम गुरुङ, कला संस्कृतिमा पार्वती अधिकारी, प्रचारप्रसार समितिमा लोक दाहाल, यातायात व्यवस्थापनमा चेतप्रसाद भट्ट, स्वंयसेवक परिचालनमा निर्मला बजगाईं र चीनियालाल, आर्थिक व्यवस्थापनमा आङमाया लामा र अतिथि सत्कारमा यशोदा थापा संयोजक रहेका छन ।
त्यसै गरी अन्तर्राष्ट्रिय सम्पर्कको लागी एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ र युरोप क्षेत्रमा सम्पर्कको लागी एनआरएन युरोप उप संयोजक प्रेम गुरुङ रहेका छन ।
नेपाल प्रवद्र्घनको लागी एनआरएन बेल्जियमले हरेक वर्षजसो बेल्जियमका विभिन्न शहरमा नेपाल महोत्वसको आयोजना गर्दै आइरहेको छ । एनआरएनद्वारा आयोजना गरिने महोत्वसमा बेल्जियमका अन्य सामाजिक संघ सस्थाले पनि सहयोग र सहभागिता जनाउदै आएका छन।