बेल्जियममा नेपाली महिलाले गरिन आत्महत्या

sarita thapaबेल्जियम, लुभेन निवासी २९ वर्षिय सरीता थापाले विहीवार राति आत्महत्या गरेको खबरले युरोपबासी नेपालीहरु स्तब्ध भएका छन् ।

सन २००० देखि बेल्जियममा बसीरहेका व्यवसायी राजु थापाकी श्रीमति डिप्रेसनमा रहेकी बताइन्छ । उनको माईतीघर काठमाडौं गौशाला हो । श्रीमान थापा भोजपुरबाट काठमाडौं बसाइँ सरेका गैरआवासीय नेपाली हुन् । उनीहरूको एक नाबालक छोरा छन् ।

इन्फोमाला परिवार स्वर्गिय थापाको आत्माको चिर शान्तिको कामना गर्दछ । परिवारजनप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछाैं ।