बेल्जियममा तीज मनाइयो

बेल्जियमका नेपालीहरुले तीज मनाएका छन । आइतवार ईन्द्र धनुष क्लवको आयोजनामा लुभेनमा सम्पन्न कार्यक्रममा नाचगान सगै दर खाएर तीज मनाएका हुन् ।

प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सीलवाल र अर्का विशेष अतिथि ८४ वर्षीय देउरुपा आचार्यको संयुक्त द्विप प्रज्वल सगै शुरु भएको कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अतिथि सीलावालले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएकी थिईन  ।

आस्था ठकुरी द्वारा संचालन गरिएको कार्यक्रममा कार्यक्रम संयोजक सुभद्रा अधिकारीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रमका अध्यक्ष मिन्द गुरुङले एक दशक अघि देखि नै तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको जानकारी गराउदै नेपाली कला संस्कृतिको जगेर्ना गर्नको लागि कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा पूजा सापकोटा, अंकिता सापकोटा र उषा धितालले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्नको लागि  एनआरएन बेल्जियम, एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, बिरमान घर्ती मगर, क्षेत्री समाज , बिनोद पौडेल, रजनी प्रधान, राम घिमीरे, छीरिंग शेर्पा, सबिता दाहाल,रजनी प्रधान अहमद दिन मियाँ, पार्वती अधिकारी, शान्ति भट्टराई, रेना बस्नेतले सहयोग गरेका थिए ।

कार्यक्रम संगै उपहार चिट्ठा पनि खोलिएको थियो । प्रथम उपहार सुनको सिक्का जमुना शर्मा, दोश्रो उपहार  चाँदीको झुम्का सपना कंडेल र तेश्रो उपहार साडी सीता सापकोटाले प्राप्त गरिन ।teej bbbteej bb