बेल्जियममा गैरकानूनी ‘ट्रान्जिट’ आप्रवासी निशानामा

बेल्जियन गृहमन्त्री यान जान्बोनले बेल्जियम हुँदै यताउता गर्ने गैरकानूनी ‘ट्रान्जिट’ आप्रवासीलाइ निशाना गरी नीति बनाएका छन् । सो कुरा उनले सोमबार यहाँको एक पत्रिकालाइ दिएको अन्तरवार्तामा उल्लेख गरेका हुन् । बेल्जियन राजमार्ग हुँदै मानव अोसारपसार हुने तथ्य खुल्दै गएपछि जान्बोनले सुरक्षा गस्ती बढाउन प्राइभेट कम्पनीलाइ समेत साथ लिएका हुन् ।

जसअनुसार ट्रेन स्टेशन, बन्दरगाह र राजमार्गहरूमा प्रहरी निरिक्षण बढाइएको छ । त्यसैगरी राजमार्गका विभिन्न ठाउँहरूमा प्राइभेट कम्पनीको गस्ती र कुकुरहरू परिचालन हुने जाम्बोनले बताएका छन् ।