बेल्जियमममा मनाइयो मेलमिलाप दिवस

mel milapजनसम्पर्क समिति बेल्जियमले ४० औ मेलमिलाप दिवस मनाएको छ । राष्ट्रिय अस्तित्व नै संकटमा परेकोले आफ्नो ८ वर्षे प्रवासी जीवनमा पूर्णविराम लगाएर स्वदेश फर्केका बीपीको राष्ट्रिय संकटका बेला देश भित्रका सबै शक्ति मिल्नु पर्ने मेलमिलाप नीतिको चर्चा परिचर्चा गर्दै मेलमिलाप दिवस मनाइएको हो ।

सोमवार जनसम्पर्क समिति पोर्तुगलका सस्थापक अध्यक्ष पूर्ण हमालको प्रमुख आतिथ्यतामा लुभेनमा सम्पन्न कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएन आईसीसी सदस्य जानकी गुरुङ, जनसम्पर्क समिति इटालीका अध्यक्ष रमेशराज लामिछाने, प्रवासी नेपाली एकता समाज बेल्जियमका महासचिव दीपेन्द्र केसी, जन प्रगतिशील मोर्चाका कुल मगर, नेदरल्याण्डबाट हरि पौडेल लगायत बेल्जियम स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी थिए।

जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चिनिया दुलालले गरेका थिए भने मेलमिलाप दिवसको सान्दर्भिकता बारे कार्यक्रम संयोजक इन्द्र क्षेत्रीले प्रष्ट्याएका थिए ।