बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

नेपालको पर्यटन प्रवर्द्वनको मुख्य उद्धेश्य लिएर बेल्जीयमको पर्यटकीय सहर ब्रुजमा यहि अक्टोवर ३१ मा दीपावली महोत्वसको आयोजना गरिएको छ । कार्यक्रममा स्थानिय शहरका मेयर, उपमेयर लगाएत बिभिन्न राजनैतिक पार्टीहरुका प्रतिनिधि लगायत नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने नागरिकहरु उपस्थित हुनेछन् ।

कार्यक्रमबाट उठेको सहयोग रकमबाट दुईजना बेल्जियमन नागरिकलाई छनोट गरि नेपाल पठाउने र नेपालको एक स्कुल बनाउन सहयोग गर्ने योजना रहेको आयोजकले बताएका छन् । “आफ्नो लागि सधै गर्यौ , देशको लागि अब गरौ” भन्ने नारा लिएर आयोजना गरिएको कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्नको लागि कुलबहादुर खत्रीको संयोजकत्वमा विभिन्न संघ सस्थाहरुका प्रतिनिधि रहेको आयोजक समिती समेत गठन गरिएको छ जसको सदस्य सचिब रमेश कंडेल, अन्तर संस्थान समन्वय तथा ब्यवस्थापक पूर्ण तिमल्सेना, आर्थिक ब्यावस्थापक कमल पंथी, साँस्कृतिक संयोजक अर्जुन काफ्ले,स्टल ब्यावस्थापनमा दुर्गा सुबेदी र बालकृष्ण कंडेल , स्वयंसेवक ब्यवस्थापनमा कमल सिटौला , नेपाली ब्यावसायी समन्वयनमा अर्जुन तिवारी, अतिथी सत्कारमा साबित्रा भारती, देउसी/भैलो तथा लक्ष्मीपुजामा  षडानन्द पौडेल, स्टेज ब्याबस्थापनमा पुनम शर्मा, ब्युजिक ब्यवस्थापनमा  जितेन्द्र कायस्थ, युवा संयोजनमा  कुसल श्रेष्ठ , म्ह:पुजा ब्यवस्थापक  सूर्यादेवी श्रेष्ठ. यातायात ब्यावस्थापक  मोहन राउत र जीवन शर्मा रहेका छन्

कार्यक्रमको संयोजन एंव संचालन डिल्ली सुब्बा, विनिता रिमाल र  क्रेसा शर्माले गर्नेछन । Displaying image1.JPG