Oct 302015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

मालबाहक ट्रकको सुरक्षाका लागि वीरगञ्जस्थित सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी भइरहेको सरकारका nepal-armyदुइ मन्त्रीले बताएका छन्। वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले शुक्रबार नेपाल चेम्बर अफ कमर्सको टोलीसँगको भेटमा आन्दोलनकारी दलका कार्यकर्ताले मालवाहक ट्रकमा आगजनीका घटना नरोकेकाले सरकारले सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी गरिरहेको बताएका हुन्।

उनीहरुले सेना परिचालनका विषयमा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको पनि बताए। उनीहरु दुवैले व्यवसायीका मालवाहक ट्रकलाई सुरक्षा दिन सरकार प्रतिबद्ध रहेको पनि बताए।

वाणिज्य तथा आपूर्तिमन्त्री पुन र उद्योगमन्त्री पाण्डेसँगको अलग अलग भेटवार्तामा चेम्बरमा आवद्ध व्यवसायीहरुले सरकारले सुरक्षाको प्रत्याभूति नगरेकाले मधेशमा उद्योग कलकारखाना चलाउन नसकेको र अर्बौं रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताए। उनीहरुले चीनबाट इन्धन ल्याउनका लागि सडकको स्तरोन्नति गरिनुपर्नेमा पनि जोड दिए । उनीहरुले केरुङबाट रसुवाको धुन्चे, नुवाकोटको विदुर हुँदै काठमाडौ आउने सडक पेट्रोलियम पदार्थका ट्यांकर हिंडाउन लायकका नरहेको भन्दै स्तरोन्नतिमा जोड दिएका हुन्।

व्यवसायीहरुले सिल नलगाइ आधा सिलिण्डर ग्याँस वितरण गर्दा उपभोक्ताहरु ठगिन सक्ने भन्दै निर्णय पुनर्विचार गर्न वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनसँग आग्रह समेत गरे। उनीहरुले ग्याँस आधा सिलिण्डर वितरण गर्नुभन्दा क्षेत्रगत रुपमा पालैपालो पूरै सिलिण्डर वितरण गर्नु व्यवहारिक हुने बताए ।

 Leave a Reply

(required)

(required)


*