बाग्लुंग समाज बेल्जियममा नयाँ नेतृत्व

2बाग्लुंग समाज बेल्जियममा गङ्गा प्रसाद शर्माको नेतृत्वमा नयाँ समिति  चयन भएको छ  । सोमवार बेल्जियमको लुभेनमा भएको समाजको तेश्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन पन्त, धर्म पाठक, र संजय राजभन्डारी चयन भएका छन ।

आगामी दुई वर्षे कार्यकालको लागि महासचिवमा परमानन्द सापकोटा, सचिव निरज शर्मा, कोषाध्यक्ष दुर्गा सापकोटा र  सहकोषाध्यक्ष निलकन्ठ आचार्य रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा दीपेन्द्र केसी, पुनम शर्मा,जयराम शर्मा, द्विपकुँवर, याम खड्का, भूपेन्द्र सापकोटा, गौरी सापकोटा, जगत कुँवर र संजय कुँवर रहेका छ ।

निर्वाचित भए लगत्तै नवनिर्वाचित अध्यक्ष गङ्गा प्रसाद शर्माले बाग्लुंग सामाजले थालेका परोपकारी कार्यहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा महासचिव कृष्ण श्रेष्ठ द्वारा प्रस्तुत प्रगति प्रतिबेदन र संजयराज भण्डारी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पास गरिएको थियो ।बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबुशर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा परमानन्द सापकोटाले स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपालको सम्वृद्धिको लागि गरिने सबै खाले कार्यक्रममा एनआरएन हालेमालो गरेर अघि बढ्ने बताए । त्यसै गरी नेपालबाट बेल्जियम आएका होमनाथ आचार्य र श्याम शर्माका साथै समाजका सस्थापक अध्यक्ष श्रीप्रसाद सापकोटा, क्षेत्री समाजका अध्यक्ष नरेन्द्र बस्नेत, ब्यावसायी झलक केसीका साथै सीता सापकोटाले शुभकामना दिएका थिए । कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका पदाधिकारीहरु सहभागी थिए । कार्यक्रम सम्पन्न गर्नको लागि गङ्गा प्रसाद शर्मा, मोहन पन्त र संजय राजभण्डारीले सौजन्य प्रदान गरेका थिए ।

बाग्लुंग जिल्ला बाट बेल्जियम आइ बसोवास गरेका बाग्लुंगवासी नेपालीहरुले बाग्लुङ जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्वेश्यले सन् २००९ मा समाजको स्थापना गरेका थिए ।