बाग्लुंगमा विश्व कै अग्लो कलशको शिलान्यास (फोटो फिचर )

बाग्लुंगको बाग्लुंग नगरपालिका ८ स्थित पञ्चकोट(पूरानो नाम तारा जल) मा शनिवार विश्व कै अग्लो १ सय ८ फिट??????????????????????????????? कलशको सिलन्यास गरिएको छ | अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा धौलागिरीलाई पर्यटकीय गन्तव्यको रुपमा कलस र ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्टको शिलन्यास गरिएको हो|

उक्त कार्यक्रममा हजारौँको संख्यामा जनसहभागिता रहेको थियो| आधा दर्जन हेलिकप्टर चार्टर गरेर प्रधानमन्त्री, राजनीतिक दलका उच्च नेतृत्व, व्यवसायीक घराना र गैर आवासीय नेपाली लगायत हजारौँ पञ्चकोटमा आएका थिए|
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधी, सिंचाइ मन्त्री एनपी साउत, कृषि मन्त्री हरि पराजुली, पूर्व मन्त्री प्रकाश शरणpm-with-baba-ji महत, सुजाता कोइराला, माधब घिमिरे, नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्मा, भारतकालागि नेपाली राजदुत दीप कुमार उपाध्याय, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो,  व्यवसायी अजय सुमार्गी, चन्द्र ढलाल, सरकारका सचिब तथा पूर्व सचिबहरु लगायत सयौँ जनाले संयुक्त रुपमा शिलन्यास गरेका थिए|
कार्यक्रममा प्रधानमन्त्री सुशील कोईरालाले नेपालमा धार्मिक स्वतन्त्रता कसैले हरण गर्न नसक्ने वताए | उनले आफ्नो धर्मको संरक्षण गर्न सवैलाई भन्दै धार्मिक स्वतन्त्रता नैसर्गिक अधिकार भएको उल्लेख गरे|???????????????????????????????
एमाले अध्याक्ष के.पी. शर्मा ओलीले बर्णाश्रम व्यवस्थाले हिन्दु धर्मलाई कमजोर पारेको बताए| नेपालमा संक्रमणकाल लम्बीदै जादा धर्म संस्कृति र नेपाली सभ्यता माथि हस्तक्षेप शुरु हुन लागेको भन्दै ओलीले पहिचान र संस्कृतिको संरक्षणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए| त्यसैगरी उपप्रधानमन्त्री वामदेव गौतमले धार्मिक सम्पदाको संरक्षण र प्रबद्धन गर्न सके मुलुकमा आर्थिक बिकासले गती लिने बताए |

भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधी सो स्थानमा सडक ल्याउन पहल गर्ने बताए| सिंचाइ मन्त्री एनपी साउत, एमाओवादी प्रवक्ता दिननाथ शर्मा, पूर्व मन्त्री सुजाता कोइराला , प्रकाश शरण महत, भारतकालागि नेपाली राजदुत दीप कुमार उपाध्याय, व्यवसायी अजय सुमार्गी, ग्लोबल आईएइ बैंकका अध्यक्ष चन्द्र ढकाल लगायतले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए| सो अवसरमा अनन्त श्री विभूÈित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्यले नेपाल धर्म निरपेक्ष राज्य हुनै नसक्ने बताए| धार्मिक पर्यटन मार्फत मुलुकको आर्थिक सम्मृद्धिका लागि महायज्ञको शुरुआत गरिएको चर्चा गर्दै स्वामी श्री कमलनयनाचार्यले हिन्दुराज्य सहितको संबिधान जारी गर्न माग गरेका थिए| सो कार्यक्रममा सहभागी हुन धौलागिरीका बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ सहित अन्य जिल्लाबाट पनि सहभागिता रहेको थियो|???????????????????????????????