पोर्चुगल सेमिफाइनलमा

Ronaldoविहिवार  भएको क्वाटरफाइनल खेलमा पोर्चुगलले पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै  युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । भने पोर्चुगलका रेनाटो सान्चेसले ३३ औं मिनेटमा  बराबरी गोल गरे ।