पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

portugalपोर्चुगलमा रहेका नेपालीहरुले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान र सम्झनामा साहित्यक कार्यक्रमको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैरआवासीय नेपाली संघ पोर्चुगलको संयुक्त आयोजनामा मंगलवार कार्यक्रम सम्पन्न भएको थियो ।

१०७ औ लक्ष्मी जयन्तिको अवसरमा मंगलवार राजधानी लिस्बोनमा आयोजित कार्यक्रममा सुनिल संगम, भीमकमल केसी, वाई बि गुरुङ, कृष्णकडेल जीज्ञासु लगायतले महाकविको आ-आफ्नो रचनाहरु बाचन गरेका थिए।
अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्णकंडेल जिज्ञासुले गरेका थिए
भने भिमकमल केसीले देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।