पूर्व मिस नेपाल बनिन् सद्भावना दूत

अमेरिकाको डीसीमा बसोवास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नविना बस्नेतलाई  जेठ २ गते अर्थात्  मे १५ ,२०१६ तारिख देखि लागु हुने गरि  नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ ।  िबस्नेतलाई दुई बर्ष अवधिको लागि सद्भावना दुतमा पर्यटन बोर्डले नियुक्ति पत्र प्रदान गरेको छ । बस्नेतले मे १४ ,२०१८ सम्म पर्यटन बोर्डको लागि काम गर्ने छिन् ।

२००८ देखि अमेरिकाको बसाईमा रहेकी नविनालाई नेपालको पर्यटन उद्योगको प्रबर्धनमा महत्वपूर्ण योगदान गरे वापत सद्भावना दुत नियुक्त गरेको हो ।

नेपालको पर्यटन बोर्डले नेपालको प्राकृतिक तथा सांस्कृतिक निधिलाई राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा अद्वितीय योगदान गर्दै नेपाल पर्यटकको लागि पहिलो गन्तब्य स्थान बनाउन सकारात्मक संदेश पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्न नविना बस्नेतलाई जिम्मेबार तोकेको  हो ।