Dec 032015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

युरोप भ्रमणमा रहेका पूर्व वन राज्यमन्त्री एंव नेकपा एमाले स्थाई समिति सदस्य किरण गुरुङ्गको सम्मानमा तमु समाज tamu 1बेल्जियमले विहिवार दिवाभोजको आयोजना गर्यो । बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा मन्त्रि गुरुङ्गले प्रवासमा रहेर आफ्नो कला संस्कृति बचाउन नेपालीहरु विभिन्न किसिमले सक्रिय रहेकोमा खुशी व्यक्त गरेका थिए ।

गुरुङले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउदै नेपालको संबिधान विश्वका उत्कृष्ट लोकतान्त्रिक संबिधानमा पर्ने बताए ।उनले  मधेशमा भैरहेको आन्दोलन नेपालीहरु बिचमा वैमनश्य फैलाउने किसिमले केहि नेताहरुले गरेको आरोप लगाए । उनले जायज मागलाई वार्ता द्वारा समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मधेशवादी केहि दलका नेताले भने झैँ सिमा र अंगिकृत नागरिकलाई प्रमुख बनाउन बिषयमा भने  सहमति हुन नसक्ने बताए । उनले राष्ट्रिय स्वाधिनताको लागी कसै संग घुडा नटेक्ने बताउदै छिमेकी संग समानताको आधारमा सम्वन्ध बिस्तार गरिने जनाए ।tamu 2

उनले छिमेकीले गरेको अघोषित नाकाबन्दी अमानवीय भएको उल्लेख गर्दै नाकाबन्दी विरुद्वको आवाजलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको बताए । नोभेम्वरको पहिलो साता युरोप आएका गुरुंगले नेदरल्याण्ड, ईटाली, फ्रान्स, जर्मनी, डेनमार्क लगायत अन्य युरोपेली मुलुकका नेपालीहरुले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएर नेपालको वर्तमान अवस्था बारे जानकारी गराएका छन ।tamu 3

तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङको अध्यक्षता र महासचिव सुवाश गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा एनआरएन युरोप क्षेत्र उप संयोजक प्रेम गुरुङ, एनआरएन बेल्जियमका उपाध्यक्ष पदम गुरुङ समेत सहभागी थिए । कार्यक्रमको लागी सोनु गुरुंगले सहयोग प्रदान गरेकी थिइन् ।

 Leave a Reply

(required)

(required)


*