पूर्व प्र.म सूर्यबहादुर थापाको निधन

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारको क्रममा surya_bahadur_thapa_newबुधवार निधन भएको छ | नेपालको राजनीतिका महत्वपूर्ण ब्यक्ति थापा पेटको उपचारको लागी दुई हप्ता अगाडी अस्पताल भर्ना गरीएको थियो| यसअघि मुटुको रोगबाट पीडित थापालार्इ पछिल्लो समय पेटको रोगले सताएको थियो | शुक्रवार पेटको अप्रेशन सफल भए पनि अन्तिम समय स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो | थापाको शव विहिवार काठमाण्डौ ल्याइने भएको छ|

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए | उनले चैत्र ५ गते ८८ औ जन्मदिन मनाएका थिए| २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए | पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए |

संबिधान सभाका जेष्ठ सदस्य थापाका छोरा सुनिल थापा बाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री छन् | उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए |