पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे सरकारले सुरक्षा नियन्त्रणमा लिने चेतावनी

barsha-man-punसत्तारूढ नेकपा माओवादीका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य शक्तिको आडमा चलखेल गर्न खोजेको आरोप लगाएका छन्। उनले गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई नियन्त्रणमा लिने चेतावानी समेत दिए।

आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेको बताए। ‘पूर्वराजा ज्ञानेन्द्रले चीन र भारतका नेताहरुसंग भेटघाट गरेर आफ्नो स्पेस बनाइदिन विन्ती गर्ने गरेको सुचना आएको छ, यो गलत हो’,उनले भने ।