Jun 262015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्या र उहाँको परिवारको नाममा रहेको राजधानीसहित चार स्थानको सम्पत्ति नेपाल ट्रस्टको कार्यालयले आफ्नो नाममा ल्याउन प्रक्रिया अघि बढाएको छ। ट्रस्टको कार्यालयले ती जग्गाको विवरणसहित मन्त्रिपरिषद्मा पेस गर्ने गरी निर्णय गरेको छ।

nepal royal familyकार्यालयले ठमेलमा रहेको ७ आना, सिन्धुपाल्चोक जिल्लाको थाङपालधापमा रहेको २७ रोपनी, पोखराको चनौटेको ७ रोपनी र गोदामचौरमा रहेको ८ रोपनी अचल सम्पत्तिको विवरण प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ। ट्रस्टका प्रमुख एवम् कामु सचिव केदारबहादुर अधिकारीले स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारको जग्गा खोजबिन गर्ने क्रममा ४२ रोपनी ७ आना जग्गा फेला पारेको र सोको विवरण प्रधानमन्त्री कार्यालयमा पेस गरेको बताउनुभयो।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने तयारी गरेको छ। यसअघि नुवाकोटको थानसिंह र नागार्जुनको २७ रोपनी जग्गा ट्रस्टले ल्याइसकेको छ। तर सर्वोच्च अदालतले ट्रस्टको नाममा छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा पूर्वराजा ज्ञानेन्द्र पुत्री प्रेरणालाई दिन आदेश दिएपछि अहिले ल्याउने जग्गाको पनि त्यस्तै विवाद हुने हो कि भन्ने ट्रस्टले शंका गरेको छ।

अदालतको आदेशको भरमा ट्रस्टको सम्पत्ति व्यक्तिको नाममा जाने विषयमा ट्रस्टले पुनः अदालतको पूर्ण इजलासमा जाने तयारी गरेको छ। अदालतको फैसलाको कपी हात परेपछि सञ्चालक समितिको बैठकले थप निर्णय गर्ने जानकारी गराउँदै कामु सचिव अधिकारीले कार्यालयले सम्पत्ति खोजबिन गर्ने क्रमलाई थप तीव्रता दिने बताउनुभयो। ट्रस्टले मुलुकको विभिन्न भागमा रहेको करिब १० हजार ५ सय ४४ रोपनी जग्गा आफ्नो नाममा ल्याउने अन्तिम तयारी गरेको छ। ट्रस्टको नाममा हालसम्म ६ हजार २ सय ४४ रोपनी ७ आना जग्गा रहेको छ। ट्रस्टले गत वर्ष १५ हजार २ सय ७३ रोपनी जग्गा ल्याएको थियो।

 Leave a Reply

(required)

(required)


*