Jul 232015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

china-nepal-flagभूकम्पपछिको पुनःनिर्माणका विषमया चीन दाता मुलुकहरु सबैभन्दा अगाडी देखिएको छ । दाता सम्मेलनमा गरेको प्रतिवद्धताख र त्यसको कार्यान्वयनका विषयमा चीनले चासो लिएको छ । सम्मेलनको प्रतिवद्धता कार्यान्वयन समेत सुरु गर्दैछ । आज नेपाल र चीनबीच भूकम्प पछिको पुनःनिर्माण्का विषयमा सम्झौता हुने भएको छ ।

भूकम्पले क्षतिग्रस्त तातोपानी भन्सार, त्यसवरपरका सरकारी भवन र पुल निर्माण चीनको सहयोग तत्काल सुरु हुने भएको छ । अर्थ मन्त्रालयमा आज पुनःनिर्माणका विषयमा सम्झौता हुँदैछ । सम्झौता लगत्तै चीन सरकारले प्राविधिकहरू पठाएर काम अघि बढाउने भएको छ । भूकम्पपछिको पुनर्निर्माण अघि बढाउन र त्यसमा गरिने सहयोगका विभिन्न पक्षमा छलफल गर्न चिनियाँ वाणिज्य उपमन्त्री चाङ सियाङछेन नेतृत्वको टोली काठमाडौं आएको छ । टोली आज स्वदेश फर्किने तयारी छ ।

चीनले भूकम्पले क्षतिग्रस्त आफ्ना सहयोगमा बनेका सबैजसो संरचना पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ । त्यस्तै रसुवा र सिन्धुपाल्चोकमा पाइलट प्रोजेक्टका रूपमा एकीकृत बस्ती विकास गर्न गाउँ नै बनाइने जनाएको अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख मधु मरासिनीले जानकारी दिनुभयो । चिनिया उपमन्त्री चाङले बिहान प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेटेर चीन पुनःनिर्माणको काममा लाग्न चाहेको र नेपाल नेपाल बनाउन सहयोग रहने बताए ।

 Leave a Reply

(required)

(required)


*