पिताजस्तो पति नहोस: आलिया भट्ट

बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलिया आफ्नो पति पिता महेश भट्टजस्तो aliyaनहोस् भन्छिन् ।प्रेम कम मागी विवाहमा बढी विश्वास गर्ने आलियाको भनाई छ,‘मेरा पिता धेरै नै कन्ट्रोभर्सियल हुनुहुन्छ । उहाँको धेरैसँग अफेयर चल्यो । त्यसैले मेरा पति उहाँजस्तो नहोस् भन्ने चाहना राख्छु । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पति चाहिन्छ ।’

केही समयदेखि सिद्धार्थ मल्होत्रासँगको अफेयरको समाचारका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्ट मंगलबारदेखि २३ वर्ष लागिन् । ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यु गरेकी आलिया आधा कामिरी र आधा जर्मन आमाकी सन्तान हुन् ।