पत्रकार कल्याणकारी कोषको लागि लण्डनमा च्यारिटी हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी मे ३१ तारिख आइतवार लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकार कल्याणकारी कोष स्थापनार्थ च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन ।

londonलण्डनको भेन्यू फाईभ पार्टी हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन एनआरएन युके कार्यसमिती सदस्य तथा पत्रकार फडिन्द्र भट्टराईले गर्ने भएका छन ।

गैरआवासीय नेपाली संघ यूके र शाखाको सक्रियतामा गरिएको च्यारिटी कार्यक्रमबाट करिब १६ लाख रुपैयाँ जम्मा भएको थियो । सो रकमबाट एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ ।