न्यू ह्याम्पसायरमा ट्रम्पको जीत, हिलारी बेर्नीसँग पराजित

donald-trumpअमेरिकाको राष्ट्रपति उम्मेदवारको निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरमा जीत दर्ता गरेका छन् । यता, डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन भने पछाडि परेकी छन् ।

निर्वाचनमा ट्रम्पले ३४ प्रतिशत भोट हासिल गरे भने ट्रम्पका प्रतिद्वन्द्वी जोन केसिकले १६ प्रतिशत, टेड क्रुजले १२ प्रतिशत भोट प्राप्त गरेका छन् । यस्तै, डेमोक्रेटिक पार्टीकी उम्मेदवार बर्नी सैन्डर्सले ४८ प्रतिशत भोट प्राप्त गरेका छन् भने हिलारी क्लिन्टनले ४० प्रतिशत भोट हासिल गरेकी छन् ।

Hillary Clinton Awarded The 2013 Lantos Human Rights Prizeराष्ट्रपतीय निर्वाचनका लागि न्यु ह्याम्पशायरलाई अचम्मको राज्य भन्ने गरिन्छ । किनकी यहाँका मतदाताले को तिर फर्किन्छन् भन्ने थाहा पाउन निकै कठिन हुन्छ । ट्रम्प र सैन्डर्सको जीतलाई यसै आधारमा लिइएको छ ।

आईओवाको कांकसमा ट्रम्प र बर्नी दुवैले पराजय बेहोरेका थिए । न्यु ह्याम्पशायरमा जित्ने दावेदारलाई साउथ क्यारोलिना र नेवादामा फाइदा हुने गर्छ ।