नेवाः पत्रकारमा नातिकाजी

नेवार पत्रकार राष्ट्रिय मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो काठमाडौँ जिल्ला अधिवेशनले नातिकाजी महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रेखा शाक्य, रत्न महर्जन र विराज राजोपाध्याय, सचिवमा प्रजित शाक्य, सहसचिवमा सुषमा महर्जन र कोषाध्यक्षमा सानुकाजी महर्जन रहेका छन  । त्यसैगरी सो अधिवेशनले १४ सदस्यसमेत निर्वाचित गरेको छ ।