नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ ।
Swiss program2गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा स्वीट्जरल्याण्ड तथा यूरोपको नेपाली समुदायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नेपालीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री के.सी., आईसिसी महिला संयोजक सपिला राजभण्डारी, महिला उपसंयोजक रजनी प्रधान, युरोप संयोजक कुल आचार्य, उप-संयोजकद्वय प्रेम गुरुङ र दावा शेर्पा लगायतका अतिथिहरूको विशेष उपस्थिति थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको सम्मान कार्यक्रममा यूरोपका विभिन्न व्यक्तित्वहरुमध्ये साहित्यकार पञ्चम अधिकारी, पत्रकार चिरन शर्मा, पत्रकार बसन्त रानाभाट, सामाजिक व्यक्तित्व एकराज गिरी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजलाई सम्मान गरिएको थियो । त्यस्तै आ-आफ्नो प्रतिभाका माध्यमबाट स्वीट्जरल्याण्डको नेपाली समुदायमा उल्लेख्य योगदान गर्ने मध्येबाट नृत्यतर्फ गौरी गुभाजु, निता कपुर, सर्मिला मगर, वर्षा हायोज, गायन तर्फ सुभाष सुन्दास, युवराज राई, नवराज घिमिरे तथा सामाजिक कार्यतर्फ स्वीट्जरल्याण्ड कि पहिलो  नेपाली बिन्दु इन्ष्टाईनमान तथा शुभ एल्मर लामालाई सम्मान गरिएको थियो ।

nepalswiss12कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले एनआरएन अभियानको सफलतामा डायस्पोरामा रहेका कलाकार, साहित्यकार र मिडियाकर्मीहरूको उच्च योगदान रहेको बताउनुभयो ।

गुणराज शर्मा र आशा स्टुकीले संयुक्त रुपमा सञ्चालन गर्नु भएको उक्त समारोहको सभापतित्व पितम गुरुंगले गर्नु भएको थियो । कार्यक्रममा नेपालमा गएको बिनाशकारी भूकम्पले प्रभावित भएकाहरुको सहयोगार्थ व्यक्तिगत पहलमा १०५०२। स्वीस फ्रेन्क उठाउन सफल नेपाली सगुन भट्ट तथा उनका बाबु आमालाई सम्मान गरिएको थियो भने उनै सगुन भट्टले उक्त रकम स्वीस नेपाली भूकम्प पीडित पुनर्निमाण  अभियानलाई हस्तान्तरण गर्नु भयो । सोही अवसरमा भूकम्पपिडित राहत कोषमा करिब ७३ हजार स्वीस फ्रांक जम्मा भएको जानकारी गराइएको थियो ।
nepalswiss5नेपाल स्वीस डटकमका प्रधान सम्पादक दामोदर नेपालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा उक्त मिडियाका सञ्चालक एवं सम्पादक हिरालाल श्रेष्ठले सम्पूर्ण पाहुना एवं कार्यक्रमलाई हर तरहले सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको विचार व्यक्त गर्नु भएको थियो ।