नेपालीको लागी सहयोग जुटाउदै लंग

४६ बर्षीय भियतनामी मुलका लंग भूकम्प पिडित नेपालीहरुको सहयोगको लागी दौडिरहेका छन| बेल्जियममा ब्यबसाय long1संचालन गर्दै आईरहेका लंगले आफै पनि गैर सरकारी सस्थाहरु मार्फत थुप्रै रकम सहयोग गरिसकेका छन् भने अन्यलाई पनि सहयोग गर्न आब्हान गर्दै आईरहेको छन| उनले पिडितको लागी मे ३१ मा लुभेनमा लुभेन हेल्प नेपाल कार्यक्रम सम्पन्न गर्न आयोजकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे भने यहि जुन २५ लुभेनको केसोलोमा ‘संगीतले पिडा हटाउछ’ नामक कन्सर्टको आयोजना गरेका छन् | जहाँ विश्व प्रसिद्व रसियन ब्यान्ड क्लासिकुस ट्रियोले आफ्नो प्रस्तुति दिने भएको छ| कार्यक्रमबाट १५ देखि २० हजार युरो संकलन हुन् सक्ने उनले आशा लिएका छन| संकलित रकम नेपालका लागी गैर सरकारी सस्था मार्फत भूकम्प पिडितको पुनर्स्थापनाको लागी पठाईने जनाएका छन|

उनि भन्छन बिपत्तिमा परेको बेला सहयोग गर्नु नै मानवीय धर्म हो| नेपालको लागी पहिलो पटक सहयोग संकलनमा जुटेका उनि ८ बर्ष अगाडी देखि अफ्रिकन मुलुकका हरेक बर्ष सहयोग गर्दै आईरहेका छन| आफ्नै मुलुकमा एउटा दर्दनाक स्थिति भोगेका उनले सकेसम्म सबैलाई सहयोग गर्ने गरेका छन| झन्डै ३० बर्ष अगाडी १३ बर्षको सानै उमेरमा उनले अमेरिका र भियतनाम बिचको युद्व आफ्नै आखा अगाडी देखे जुन दृश्य अझै मेटिन सकेको छैन | ३० बर्ष बितिसक्दा पनि उनको मनमा दर्दनाक दृश्य ताजै छ | त्यसैले उनि अहिले आफ्नो मुलुक फर्केका छैनन् | उनलाई जाने मन पनि छैन| सम्झदा उनलाई कहाली लाग्छ | गर्ल्यांग गुर्लुंग भत्किएका घरहरु, यत्रतत्र छरेलिएका लाशहरु पीडाले मानिसहरु छटपटाइरहेका मानिसहरु र कोलाहल आवाज अझै उनको कानमा गुन्जिरहेको छ| त्यसैले त सहयोग गर्नु उनको जीवनको एक कार्य बनेको छ|

कल्पनै गर्न नसकिने युद्वको भूमरीबाट बचेर फिसिंग बोर्डको ८ दिने यात्रामा मलेसिया पुगेका उनि बेल्जियम सरकारको सहयोगमा बेल्जियम आएका थिए | कसैको सहयोग र प्रेरणाको कारण हाल सफल व्यवसायीको रुपमा परिचित लंग भन्छन ‘विपत्तिमा परेकालाई सबैले सहयोग र प्रेरणाले पोषित गरौ उनीहरुको नया जीवन सुनौलो बन्छ|’

४६ बर्षीय लंग १४ बर्षको सानो उमेरमा बेल्जियम आएका थिए| बेल्जियन नागरिक लियो फुतको संरक्षणमा ४ बर्ष बिताएका उनले उनीबाट थुप्रै सिके र नयाँ जीवनको शुरुवात गरे| युद्वकै भूमरीमा परेको उनको परिवार एकै साथ हुन् सकेन | परिवारका छैटौ सन्तान लंग चाईनिज श्रीमती र बच्चाका साथ बेल्जियम छन् भने परिवारका अन्य सदस्य हाल अमेरिका जस्ता सम्पन्न मुलुकमा बसेका छन तर पनि संसारमा आईपर्ने विपत्तिले उनको मन अशान्त बनाउछ र सहयोग जुटाउन दौडीहाल्छन | सहयोग माग्नेहरू उनीबाट कहिल्यै रित्तो हात फर्केका छैनन्|long