नि:शुल्क टिकट र भिसा दिँदा कामदारको ५० अर्ब जोगिन्छ

वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ।
FOREIGN_EMPLOYMENT_Airportअहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्ने गरेका छन्। टिकट र भिसा नि:शुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औसतमा २० हजार रुपैयाँमात्र तिरे पुग्नेछ। बाँकी एक लाख रुपैयाँ प्रत्येक जाने कामदारको जोगिनेछ।
वार्षिक पाँच लाखभन्दा बढी वैदेशिक रोजगारीमा जान्छन्। गत वर्ष कुल पाँच लाख २७ हजार आठ सय १४ जना विदेसिएका थिए। गत वर्ष गएको संख्यालाई आधार मान्दा ५२ अर्ब ७८ करोड १४ लाख कामदारको जोगिन्छ।
कुल विदेसिनेमा खाडी र मलेसियामा जाने जाने कामदारको हिस्सा ९५ प्रतिशत हाराहारीमा छ। गत वर्ष गएको संख्यामा पाँच प्रतिशत कम गर्दा पनि कामदारको ४८ अर्बभन्दा बढी बचत हुन्छ।