Dec 162015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

nederlandsतीन महिना देखि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेदरल्याण्डसका नेपालीहरुले मंगलवार नेदरल्याण्डसको संसद भवन अगाडी विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शन पछी परराष्ट्र आयोगका अध्यक्ष एन्गेलिन आईसिंगलाई ज्ञापनपत्र बुझाएका छन।

ज्ञापनपत्रमा सार्वभौम राष्ट्र नेपाल माथि भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि बिपरित भएको उल्लेख गरिएको छ। कार्यक्रम गैर आवासीय नेपाली संघ नेदरल्याण्डस, जनसम्पर्क समिति, प्रवासी नेपाली मंच लगायत अन्य नेपाली संघ सस्थाको संयुक्त आयोजनामा भएको थियो। आयोजक सस्थाका प्रतिनीधिले बोल्ने क्रममा सार्वभौम राष्ट्रको सम्मान गर्न र नेपालको आन्तरिक मामिलामा दख्खल नदिन आग्रह गरेका थिए।
शशी पौडेलको नेतृत्वमा झन्डै दुई घण्टा गरिएको प्रदर्शनको क्रममा नेपाल संग सम्वन्धित नेदरल्याण्डसका गैर सरकारी संस्थाका प्रतिनिधिहरु समेत सहभागी भएका थिए।nederlands

 Leave a Reply

(required)

(required)


*