Oct 142015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

काठमाडाँै, ललितपुर र भक्तपुरका कुमारी घरहरूमा कुमारीको पूजा गर्ने घुइँचो हुन्छ । तलेजु भवानीको मन्दिरमा कुमारीचोकको निर्माण गरी प्रत्येक वर्ष नवमीमा पूजा गर्ने चलन मल्लकालदेखि चलेको बताइन्छ । काठमाडाँैं र दोलखामा खड्गजात्रा काठमाडौंँको नेवार समुदायलाई दशैंका बेला खड्गजात्राको चटारो छ । दैवी शक्तिले आसुरी शक्तिलाई पराजित गरेको प्रतीकस्वरूप विजया दशमी वा एकादशीका दिन यो जात्रा गरिन्छ । असनमा मनाइने खड्गजात्रामा अन्नपूर्ण देवीको साधना गरिन्छ । यसैगरी टेबहाल, वटु, भद्रकाली, महाबौद्ध आदि स्थानमा कंकेश्वरी  किलागलमा श्वेतकाली र क्वहिटीमा नीलबाराहीको साधना गरिन्छ । असनको जात्रामा टोलका सबभन्दा कान्छा व्यक्तिको नेतृत्वमा जात्रा गरिन्छ ।
दोलखामा पनि भीमेश्वर क्षेत्रमा देवताले दैत्य विनाश गरेको प्रतीकस्वरूप खड्गजात्रा गर्ने चलन छ । यहाँको जात्रा अष्टमीका दिन भीमेश्वरलाई बलि दिएर सुरु हुन्छ । दशैंकै पञ्चमीमा काठमाडौंँको टेकु दोभानमा नेवार समुदायले पचली भैरवको जात्रा गर्दछन् । घटस्थापनाका दिन पचली भैरवमा भएको भैरवको मुहारयुक्त पित्तलको घ्याम्पो पूजारीकहाँ लगी सरसजावट गर्ने र चौथीका दिन मन्दिरमा ल्याई  विधिपूर्वक महास्नान गराउने चलन छ ।

यसैगरी तिनमा नेवारी परम्पराअनुसारका प्रसादहरूले भरिन्छ  भोलिपल्टको रातमा सो घ्याम्पो बोकी जात्रा गर्ने चलन छ । पचली भैरवमा बाह्र वर्षमा एकपटक खड्गसिद्धि जात्रा गर्ने चलन पनि रहेको छ । खोकनामा सिद्धिकाली जात्रा
भनिन्छ, ललितपुर खोकनाका बासिन्दाले दशैं मनाउँदैनन् । देशभरि दशैंको रौनक छाइरहँदा उनीहरू भने आफ्नै मौलिक सिकाली (सिद्धिकाली) जात्रा मनाउन व्यस्त रहन्छन् । यहाँका बासिन्दा न त जमरा नै राख्छन् न त विजया दशमीको टीका
नै लगाउँछन् । आश्विन शुक्ल तृतीयादेखि फूलपातीको दिनसम्म सिकाली पर्व मनाइन्छ । स्थानीय रुद्रायणी मन्दिरमा पूजाआजा बलि जात्रा गरिन्छ ।   षष्टीको दिन खोकनाको सिद्धिकाली चौरमा जात्रा गर्ने र सप्तमीको दिन विभिन्न शक्ति
अवतारहरूको रूप धारण गरी नाच देखाउने परम्परा छ ।

 Leave a Reply

(required)

(required)


*