नयाँ मिस लिम्बु

याक्थुङ युथ एसोसिएसनद्वारा राजधानीमा आयोजित लिम्बु युवतीहरूबीचको सौन्दर्य स्पर्धा मिस लिम्बु सिजन–३ मा विष्णु चेम्जोङले प्रमुख उपाधि चुमेकी छिन्।
bishnu-miss-limbuराजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको फाइनल स्पर्धामा विष्णुले १७ प्रतियोगीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन्। उनले उपाधिबापत ताजसँगै नगद ५० हजार रुपियाँ पनि प्राप्त गरिन्। विष्णुले प्रमुख उपाधिका साथमा मिस बेस्ट स्माइलको उप–उपाधि पनि जितेकी छिन्।
प्रतियोगितामा मेरिना चेम्जोङ फस्ट, संगमा खापुङ सेकेन्ड रनर्स-अप भएका छन्।