दोहोरीमय युरोप

नेपालीहरुको महान पर्ब विजयदशमीको अबसरमा युरोप दोहोरीमय भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले विभिन्न संस्थासंगको आयोजनामा यूरोपेली मुलुक फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्पेनलगायतका देशहरुमा दोहोरी धमाका सम्पन्न भएको हो ।

44बरिष्ट लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेलगायत लोकदोहोरी गायक गायिका सुमी घिमिरे सापकोटा, जे बि ओली, बिनिता लामिछाने, सुबास चन्द्र पुन मगर, दिपक बुढाथोकी, नबिन भट्टराई, भगवान भुजेल, इमान मगर, कुल मगर, राजेन्द्र लम्साल, बिनोद भण्डारी, रुक्मिणी भट्टराईले सालैजो, कौडा, रोइला तथा प्रत्यक्ष दोहोरीमा दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए ।

 

पुरुषोत्तम न्यौपानेले ‘उधारैमा भए पनि.. ‘ एकल गीतबाट सुरु गर्दै घामजस्तो चम्किलो जुन हुदैन, रुन्छ नि मन किन रुदैन, ढुंगेधारामा लगायतका गीत प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए भने नबिन भट्टराईले यस्तै छ कहानी परदेशीको गाउदा सबैका आखा रसाएका थिए । इमान बुढामगरले प्रस्तुत गरेको कमेडी नृत्यले सबैलाई पेट मिचिमिची हसाएका थिए । कार्यक्रमको अन्त्यतिर जे बि ओली, दिपक बुढाथोकी, बिनिता लामिछाने, सुमी घिमिरे, पुरुषोत्तम न्यौपानेले गाएको घम्साघम्सी दोहोरीले आयोजकलाई कार्यक्रमको समापन गर्न हम्मेहम्मे पर्ने गरी हुटिंग पाएको थियो ।

14610928_1137112333031871_4351337859789581144_n-1

नेपाली एकता समाजसंगको आयोजनामा नेपाली राजदुताबास पेरिसका उपनियोग प्रमुख रामबाबु ढकालको प्रमुख आतिथ्यमा अक्टोबर ९ मा पेरिसमा, अक्टोबर १० मा बेल्जियमको लुभेनमा, अक्टोबर ११ मा फिनिश नेपाली समाजसंगको आयोजनामा फिनल्याण्डको हेलसिन्कीमा र एनआरएनए स्पेनसंगको आयोजनामा अक्टोबर १५ मा एनआरएनएका युरोप संयोजक कुल आचार्यको प्रमुख आतिथ्यमा स्पेनको बार्सिलोनामा सम्पन्न दोहोरी धमाकाले अक्टोबर २३ मा पोर्तुगलबाट बिट मार्ने छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले स्थापना गरेको परोपकारी संगीत कोषको कोष बिकासको लागि गरिएका कार्यक्रम पूर्ण रुपमा सफल भएको प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटाले बताइन भने उठेको रकम परोपकारी संगीत कोषमा जम्मा गरिने र छिट्टै नेपालमा परोपकारी संगीत स्कुल खोल्नमा प्रयोग गरिने उक्त कोषका संयोजक नबिन भट्टराईले बताए ।

14672838_310721462642048_262192742_o

कार्यक्रमको संचालन तथा परोपकारी संगीत कोषको उद्येश्यको बारेमा प्रतिष्ठान युरोप शाखाका महासचिब शिब सुबेदीले प्रकाश पारेका थिए ।