दाहाल दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधवार मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । नेपालमा prachandदोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका बनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि ९ वर्षअघि २०६५ ौभदौ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए ।

पहिलो संविधा सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका दाहाल त्यसको नौ महिना पछि नेपाली सेनाका  नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीबाट नौ महिनामै बाहिरिएको नौ वर्षपछि उनी पुन: नौ महिनाका लागि प्रधानमन्त्री हुन लागेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नुअगावै कांग्रेस र माओवादीबीच सत्ता समीकरण निर्माणका लागि भएको सहमतिमा दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ/नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा एकल उम्मेदवार रहेका दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो । संसदको सबैभन्दा ठूलो दल कांग्रेस, ४२ मत रहेको मधेसी मोर्चासमेतको संघीय गठबन्धन, फोरम लोकतान्त्रिक, राप्रपालगायत साना दलको समर्थनमा दाहाल प्रधानमन्त्री निर्वाचित भएका हुन् । संसदमा अहिले ५९५ सदस्य छन् ।निर्वाचनमा ५ सय ७३ सांसद उपस्थित थिए ।

संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गरेका थिए ।