समसामयीक राजनीतिमा तिन अभागी नेताहरू

काग बढी बाठो भए के जाती खान्छ भन्ने उखान समसामयीक राजनीतिमा ३ नेताहरूका बारेमा चरितार्थ हुन्छ । हेराैं ती को र कसरी हुन् ?

तीन अभागीहरू:

नेपाली राजनीतिमा केही गर्न सक्नेलाई कसरी विदेशी शक्तिले लोभ देखाउँछ र पाखा लगाइदिन्छ भन्ने उदाहरण देखेर केही दिन यता गम खाइरहेको छु ।

Ashok Raiएक – अशोक राई
नेपाली कम्युनिस्ट राजनीतिमा अशोक राई पूर्वी नेपालका खम्बा थिए । फराकिलो भिजन भएका जनजाति पृष्ठभूमि भएका र देश बनाउन सक्छु भन्ने आँट भएका उनी एमालेको अध्यक्ष बन्ने सम्भावनामा पुगिसकेका थिए । गएको वर्ष केपी ओली र माधव नेपाल अध्यक्ष बन्ने प्रतिस्पर्धामा उनी तेस्रो थिए । अशोक भएका भए यी दुई मध्ये एकजनाले अशोकलाई समर्थन गर्न कर लाग्थ्यो । एमाले अध्यक्षमा अशोक चयन हुने वित्तिकै आज उनी सजिलै देशको प्रधानमन्त्री हुन्थे ।

यो कुरा विदेशी शक्तिले धेरै अघि नै बुझिसकेका थिए । कुनै जनजाति नेता यो देशको प्रधानमन्त्री भयो भने यहाँ वर्षौदेखि तयारी गरिएको धर्मनिरपेक्षता र जातिवादी राजनीति लाद्न सकिदैन भन्ने कुरा उनीहरुले बुझिहाले । विचरा सोझो राईले यो कुरा बुझ्न सकेनन् । उनको वरपर विदेशी शक्तिले यस्ता व्यक्ति जम्मा गरिदिए, जसले जनजाति भएकै कारण तिमीलाई यी बाहुनहरुले पछाडि पारे भनेर कान फुकिरहे । नभन्दै उनले पार्टी छाडे । उनी अध्यक्ष भएर खोलेको नयाँ पार्टी संघीय समाजवादी दलले गएको संविधानसभामा एक सिट पनि जित्न सकेन । अहिले फोरम नेपालसँग एकिकरण गरेपछि उनी शून्यमा विलाएका छन् ।

अशोकको कान फुक्नेहरु, तिमीहरुले आफ्नो स्वार्थका लागि अशोक राई जस्तो देशको राजनीति बुझेको परिपक्व नेतालाई किन भनेनौ, यहाँ अरु धेरै बाहुनहरु एमालेमा पछाडि परेका छन् । उनीहरुलाई किन विदेशीहरुले नयाँ पार्टी खोल्न पैसा दिएनन् ? तिमीलाई पछाडिबाट हात थाप्नेहरुलाई तिम्रो स्वार्थ के हो र मलाई यत्रो सहयोग गर्छु किन भनिरहेका छौ ?

यो प्रश्न गर्ने मानिस कोही भएनन् । किनभने अशोकलाई एमालेबाट नहाटाइ उनीहरुको राजनीतिक अभिष्ट पुरा हुँदैनथ्यो ।

Mahanta-Thakurदुई – महन्थ ठाकुर

नेपाली कांग्रेसभित्र तीन मधेसीहरु निकै अघि बढेका थिए, महन्थ ठाकुर, डा. रामबरण यादव र विजय गच्छेदार । यि मध्ये कांग्रेसभित्र मधेस थाम्ने एकमात्र नेता थिए महन्त् ठाकुर । मधेसमा अचानक शक्ति बढेका उपेन्द्र यादवको कम्युनिस्ट छविबाट आत्तिएको पश्चिमा शक्तिले विजय गच्छेदार र महन्थ ठाकुरलाई कांंग्रेसबाट अलग गरिदियो । विजय गच्छेदार निकै बाठा नेता भएकाले उनले मधेसमा पनि आफ्नो स्पेस बनाएर छाडे तर महन्थ ठाकुरले निर्वाचन मात्रै हारेनन्, मधेसका लागि पनि खासै केही दिन सकेनन् । उनी कांग्रेसमा भएका भए अहिले रामबरणको ठाउँमा राष्ट्रपति हुन्थे । न त्र अहिलेको परिस्थितिमा उनी प्रधानमन्त्रीको दावेदार मध्ये एक हुन्थे । वास्तवमा महन्त ठाकुर कुनै बेला देशकै निर्विवाद नेता थिए । असल छवि भएका कारण उनलाई सबैले स्वीकार गर्ने परिस्थिति थियो ।

अहिले उनकै दलका कारण भारतले नाकाबन्दी गरेपछि उनको छवि धुलिसात् भएको छ । उनको राष्ट्रिय नेताको छवि खुम्चिएर तराईका केही जिल्लामा सीमित भएको छ । तराईलाई आफ्नो हातमा लिन भारतले असल छवि भएका एक नेताको सम्पूर्ण राजनीतिक संघर्षलाई खरानी बनाएको छ ।
मधेसका महिसा भनिनेहरु, देशकै नेता बन्ने हैसियत बनाएको एउटा मधेसीलाई किन तिमीहरुले घुम्च्याएर लिलिपुट बनायौं ? आफ्नो स्वार्थका लागि एउटा असल व्यक्तिको बद्नाम किन गर्‍यौ ?

Baburam-Bhattaraiतीन – बाबुराम भट्टराई

भनिरहनु पर्दैन, यी तेस्रा व्यक्ति डा.बाबुराम भट्टराई हुन् । धेरै जनताले विश्वास गरेका, पढेलेखेका, अध्ययनशील डा. बाबुराम भट्टराई अचानक खलनायक भएका छन् । यो खलनायक छवि उनी आफैले बनाएका हुन् । अहिले उनी अरुलाई दोष दिदै हिड्छन् । खासमा उनी अशोक राई र महन्थ ठाकुरको पथमा छन् ।

माओवादीमा उनीसँगै काम गर्ने समकालीन साथी, कार्यकर्ता देखि लिएर पत्रकारहरु समेतलाई उनको विगतमा भारतीय खुफिया एजेन्सीसँगको साँठगाँठ र अहिले त्यही एजेन्सीको दबाब थेग्न नसकेर पार्टी छाड्नु परेको स्पष्ट भैसकेको छ । उनलाई तराई राजनीतिमा अझै गहिरो गरी खेल्न अर्को हतियार बनाउन एजेन्सीहरु लागिपरेका छन् ।

तै पनि नेपाली जनताको कमाल हेर्नुस्, जसले जे सुकै बाहानामा आफ्नो पार्टी छाडे, उनीहरुलाई जनताले लोप्पा खुवाइदिए । बाबुरामजी, हेर्दै गर्नुहोला, तपाईंको नयाँ शक्तिको हालत पनि अशोक राई र महन्थ ठाकुर जस्तै हुनेछ ।

– अश्वीनी कोइरालाको पोष्टबाट