डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी

flag-nepal-denmarkसरकारले डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावास बन्द गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा निर्णय लिन अन्तिम चरणमा पुगेको बताइएको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले दूतावास बन्द गर्ने विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिसकेका छन् । डेनमार्कले सन् २०१७ भित्र नेपालस्थित आफ्नो आवासीय दूतावास बन्द गर्ने र नेपाललाई दिँदै आएको विकास सहयोगसमेत कटौती गर्ने निर्णय गरिसकेको छ । नेपालको निम्ति पनि डेनमार्कको दूतावास खासै उपलब्धीमूलक बन्न सकेको छैन ।

नेपाल र डेनमार्कबीच सन् १९६७ डिसेम्बर १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । डेनमार्कले सन् १९९२ मा काठमाडौंमा र नेपालले सन् २००७ मा डेनमार्कमा दूतावास स्थापना गरेका थिए । अहिले नेपालका विदेशी मुलुकमा २९ दूतावास, दुई स्थायी नियोग र पाँच महावाणिज्य दूतावास छन् । नेपालीहरूको बाक्लो बसाइँ रहेका इटाली, स्पेन, नर्वे, पोर्चुगल लगायतका देशहरूमा दूतावास स्थापनाको माग बढीरहेको छ ।