टोरोन्टोमा नयाँ वर्ष मनाइयो

नव वर्ष २०७२ पूर्वसन्ध्याको अवसरमा ग्रेटर टोरोन्टो एरिया (जिटीए) को मिसिसागा र डाउनटाउन टोरान्टोमा शनिवार र आइतवार भिन्दा भिन्दै नयाँ वर्ष शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।

new year in torontoनेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी) र नेपाली जनजाति एसोसिएसन क्यानाडा (एनज्याक) को संयुक्त आयोजनामा मिसिसागमा भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा शुभ कामना आदान प्रदान गरि विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

एनसीएनसीका अध्यक्ष गोपिकृष्ण काफ्लेले उपस्थित सबैलाई स्वागत गर्दै  नववर्षको शुभ कामना व्यक्त गरेका थिए । अध्यक्ष काफ्लेको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रमा मिसिसागाका मेम्वर आफ पार्लियामेन्ट (सभासद्) बव डिचर्ट, एनआरएनए क्यानाडामा उपाध्यक्ष अभिमन्यु बस्नेत, नेपालीज् हेरिटेज सेन्टर क्यानाडाका अध्यक्ष विष्णु पराजुली, नेवा गुठि क्यानाडामा महासचिव विमलमान श्रेष्ठ, शेर्पा एसोसिएनका क्यानाडाका अध्यक्ष आंगवारु शेर्पा, लालिगुरास स्पोर्ट एण्ड कल्चर क्लवका अध्यक्ष उत्तम केसी, कन्र्सन नेपालका गोविन्द सिवाकोटीलगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभ कामना व्यक्त गरेका थिए । त्यस्तै आयोजक सस्था एनज्याकका अध्यक्ष गिरी बुढाथोकिले उपस्थित सबैलाई शुभ कामना दिदै धन्यावाद दिएका थिए ।

सोहि अवसरमा एनसीएनसीद्धारा प्रकाशित दियालो म्यागजिनको नया अंक अध्यक्ष काफ्ले र मिसिसागाका मेम्वर आफ पार्लियामेन्ट (सभासद्) बव डिचर्टले संयुक्त लोकार्पण गरेका थिए ।

नेपालबाट गीत गाउन क्यानाडा आएकी लोक तथा दोहोरी गीत गायिका देविका केसीले विभिन्न गीत गाएर उपस्थित दर्शकलाई नचाकी थिइन् । लोक तथा दोहोरी गायक बुद्धिसागर बत्स्याल र देविकाले दोहोरी गीत गाएर दर्शकमा रौनक थपेको थियो । दुवै देशका राष्ट्रिय गानाबाट शुभारम्भ गरिएको कार्यक्रममा उत्तम मकाजु, प्रदिप बास्कोटा, कुसुम बस्नेत, उषा खनालसहितको गु्रप डान्स, गोविन्द सिंह रावल, खेजराज खनाल, सुस्मिता पौडेल, आकृति थापा, कमल ज्ञावली, प्रभु सन्जेल, यमुना घले, सिता गुरुग र ममता गुरुंगका ग्रुप डान्सले दर्शकको मन जित्न सफल भएको थियो ।

त्यस्तै आइतवार डाउनटाउन टोरोन्टोमा पनि नयाँ वर्ष २०७२ लाई भव्य रुपमा स्वागत गरिएको छ ।

त्यस अवसरमा शुभ-कामना आदान-प्रदान गर्न सांस्कृतिक कार्यक्रम आयोजना नेपलीज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसिएस) ले गरेको थियो । गायिका देविका केसि, पुर्ण नेपाली, उत्तम मकाजुु बुद्धिसागर बत्स्याल लगायते विभिन्न बेजोड प्रस्तुति दिएका थिए । संस्थाका अध्यक्ष अन्जनी भट्टराई, महासचिव गोपाल भण्डारीले शुभ कामना मन्तव्य दिएका थिए ।

फोटोः राजु थापा