जापानमा ५ करोडको परोपकारी अक्षय कोष

जापानमा रहेका नेपालीहरूलाई पर्ने समस्या तथा अफ्ठ्याराहरूमा सहयोग तथा साथ दिनका लागि ५ करोड बराबरको अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ ।

japan-program-for-fund-raiseजापानमा समस्यामा परेका नेपालीहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै समस्या समाधान गरिँदै आएकोमा सो कार्य लामो समयसम्म चलिरहने अवस्था नभएकाले अक्षय कोष स्थापना गर्ने तयारी गरिएको हो । प्रवासमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवसीय नेपाली संघ एनआरएनएको जापानस्थित एनआरएनए जापानले यस्तो तयारी गरेको हो ।