जनसम्पर्क समिति बेल्जियमद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

जनसम्पर्क समिति बेल्जियमले बेल्जियमको लुभेनमा संबिधान बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ| २८gagan thapa मार्चमा आयोजना गरिएको उक्त अन्तरक्रियामा नेपाली काग्रेसका केन्द्रीय सदस्य एंव सभासद द्वय धनराज गुरुङ र गगन थापा सहभागी हुने भएका छन| जनसम्पर्क समिति पोर्तुगलको अधिबेशनको लागी उनीहरु युरोप आउन लागेका हुन्|

नेपालको संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेकाले डायस्पोरामा रहेका नेपालीहरुले संविधानमा आफ्ना भावनालाई संवोधन गराउनको लागि यो कार्यक्रम उपयुक्त अवसर हुने अायोजकको विश्वास छ|

नेपालको संविधान लेखन प्रक्रिया, भइरहेका प्रगतिहरु र तोकिएको समयमा नै संविधान जारी हुन नसक्नुका कारणबारे डायस्पोरामा रहेका नेपाली समुदाय र नेताद्वयवीच अन्तरक्रिया गरिने जनसंपर्क समिति बेल्जियमका महामन्त्री शालिक गौतमले बताए|

युवा नेता थापा मार्च २६ मा जर्मनी आइपुग्ने, २७ मा जर्मनका सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ| यस्तै, २९ मार्चमा नेपाली जनसंपर्क समिति पोर्तुगलको कार्यक्रमलाई संवोधन गर्ने, २९ मार्चमा नेपाली कन्सुलर पोर्तुगलको कार्यालय उद्घघाटन गरी उनी कतार जानेछन् |