छिमेकीले नै ठग्यो वैदेशिक रोजगारमा जाने महिलालाई

पछिल्लो समयमा बैदेशिक रोजगार नेपाली महिलाहरुका लागि गन्तव्य बनेको छ । तर बैदेशिक रोगजारीमा जाने महिलाहरु छिमेकीकै माध्यमबाट बिदेशमा दुःख, कष्ट मात्रै नभई अवैधानिक रुपमा विदेश गएका कारण जेल जीबन बिताउन समेत बाध्य भएका छन् ।

nepali women forgian employmentयस्तै छिमेकी मार्फत विदेश गएकी पूर्नबास नगरपालिका १ बस्ने मन्दरा राना क्षेत्री चार महिना जेल जिबन बिताएर घर फर्केकि छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण बैदेशिक रोजगारमा गएकी क्षेत्रीलाई पैशा कमाउन त कहाँ हो, कहाँ उल्टै जेल बस्नु प¥यो । २०६९ सालमा पूर्नबासकै ईन्द्रा श्रेष्ठले घरेलु कामदारका लागि भन्दै उनलाई लेवनान पठायो ।

श्रेष्ठले लेवनानमा रहेकी आफ्नी माईजु सोमति मोक्तान मार्फत रानालाई बैदेशिक रोजगारीका लागि उक्त देश पठाएको थियो । लेवनानमा मोक्तानले आफुलाई एकको घरमा पुगाएर छोडेको रानाले बताईन् ।

६ महिना सम्म घर मालिकले राम्रो व्यवहार गरेको र त्यसपछि घरबेटीले दुव्र्यबहार, दुःख दिएको रानाले बताईन् । मालिकले काम गरेको ६महिलना पछि पारीश्रमिक समेत रोक्का गरेर घर निकाला गरिदिएको दुखेसो पोख्नुभयो ।

‘म जेल परेपछि मात्रै थाहा पाए घरमालिकले चोरीको आरोप लगाएर मलाई जेल हाल्न लगाएको रहेछ ।’, उनले भने । आफु जेल परेको घर परिवारलाई थाहा भएपछि परिवारले स्थानिय जनमोर्चाका नेताहरुलाई जेलबाट मुक्त गराउनका लागि पहल गरेपछि आफु जेलको पञ्चाबाट उम्कन पाएको रानाले बताईन् ।

रानाका श्रीमान पनि बैदेशिक रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । ‘दुवै श्रीमान श्रीमतीले रोजगारी गरी साहुको ऋण तिरौला, घर बनाउने सोचेको त उल्टै दलालको फन्दामा परेर फसियो ।’, उनले भने । गाँउबाट ईन्द्राले महिलाहरु खोज्ने लेवनानमा उनकी माईजु सोमतीले बेच्ने गरेको उनको आरोप छ ।

आफु जेल पर्दा समेत एजेण्टहरुले आफुलाई निकाल्न पहल नगरेको रानाले दुखेसो पोख्नुभयो । जनमोर्चा कञ्चनपुरका नेता लगायत रानाका परिवारले ईन्द्रा श्रेष्ठको घरमा दबाव र प्रहरीमा उद्दारका लागि पहल गर्न आग्रह गरेपछी उनको उद्दार भएको राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवारजले आफ्नो पार्टीमा निवेदन दिएपछि पार्टीले जिल्ला प्रशासन, प्रहरी, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायत विभिन्न कुटनितिक नियोगसंग पहल गरेर रानालाई जेलबाट उद्धार गरेको बताए ।