Nov 102015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

चीन सरकारले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थ मङ्गलबार रसुवागढी नाकाबाट २६ वटा ट्याङ्कर भित्रिएकोperol truck छ ।

सशस्त्र प्रहरी, सीमा सुरक्षा बलका अनुसार नेपाल भित्रिएका पेट्रालियम पदार्थको परिमाण २०३ मेट्रिक टन रहेको छ । भन्सार प्रक्रिया पूरा भइसकेकाले बुधबार साँझसम्म केन्द्रीय भण्डारणमा पु¥याइसक्ने लक्ष्य रहेको बताइएको छ ।

यसैबीच चीनबाट पहिलोपटक मङ्गलबार रसुवागढी नाकाबाट १५ कण्टेनर स्याउ नेपाल भित्रिएको छ ।

नेपाल चीन केरुङ व्यापार सङ्घका सचिव मुकुन्द पौडेलका अनुसार तिहार पर्वलाई लक्षित गरी ल्याइएका ती स्याउ भन्सार प्रक्रिया पूरा गरी भोलि साँझसम्म काठमाडौँ पु¥याउने लक्ष्य रहेको छ ।

यसैगरी तयारी पोसाकलगायतका सामग्री केरुङ आइसकेकाले ती सामान ढुवानीका लागि नेपाली कण्टेनरहरू केरुङबाटै लोडिङका लागि लाइन बसिसकेको सचिव पौडेलले जानकारी दिनुभयो ।

 Leave a Reply

(required)

(required)


*