चितवनमा विश्व कै सबैभन्दा ठूलो ‘आमाको मूर्ती’ निर्माण गर्ने योजना

aama murti chitwanपूर्वी चितवनको वीरेन्द्रनगरमा विश्व कै सबैभन्दा ठूलो आमाको पुरा कदको मूर्ती सहितको पार्क निर्माण हुने भएको छ । धामिर्क पर्यटनको विकास गर्ने उदेश्यले पूर्वी चितवनको वीरेन्द्रनगर–९ स्थित पानीसराढापमा विश्व शान्ति आमा आश्रममा सबैको आमाको सम्झनामा आमाको पुरा कदको मूर्ती निर्माण्ँ गर्न लागिएको हो ।

विश्व मानव सहिष्णुता समाज नेपाल तथा लाइन्स क्लव अफ काठमाण्डौ एपेक्स वल्र्ड नामक सस्थाको पहलमा विश्वमा नै धामिर्क सहिष्णुता कायम गर्न विश्व शान्ति आमाको १ सय ५१ फिट उचाई भएको मूर्ती निर्माण्ँ गर्न लागिएको समाजका अध्यक्ष पण्डित बासुदेव शास्त्रीले जानकारी दिनुभयो । पञ्चधातुबाट निर्मीत विश्वकै सबै भन्दा अग्लो आमाको मुर्ती बन्नेछ –उहाले भन्नुभयो यति मात्रै होईन सबैले आफनो आमाको सम्झनामा दर्शन गर्ने स्थलको रुपमा विकास गरिने लक्ष्य लिईएको छ । मूर्तीमा सबै जातिको धर्म अनुयायीहरुलाई आमाले हातमा लिएको हुनेछ ।