गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी वकिलले विदेशीबाट टन्न कमाइन्

पोर्चुगलको गोल्डन भिसा स्किम भजाएर लिस्बोनकी एक चर्चित वकिलले टन्न कमाएको भनी जुडिसियल प्रहरीले पक्राउ गरेको छ ।

उनले विदेशबाट लाग्ने त्यस्तो भिसामा ठगी गरी ६ मिलियन युरो कमाएको प्रहरी आरोप छ । मारियो आन्तोनिया कामेइरा लिस्बोनकी एक कहलिएकी महिला वकिल भएको आल्गार्भडेलीन्युजले समाचारमा उल्लेख गरेको छ ।