Nov 252016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमाprakasha-sharan-mahat ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गरे ।

उहाँले भन्नुभयो, “तपाइँहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ । ” विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन, उनले  भने ।

गैरआवासीय नेपाली सङ्घ अष्टे«लिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी गराए ।

नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ््यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दीए।

गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आपूmले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि गराए।

मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कुटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राखे ।

सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । यसैगरी मन्त्री महतले आजै बिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरेका छन्  ।

आजै सिड्नीमा नेपाल अष्टे«लिया डेमोक्र्याटिक फोरमद्वारा आयोजित एक अन्तक्र्रियामा पनि मन्त्री डा महत सहभागी भए  । त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्रको सवलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गरे ।रासस

 

 Leave a Reply

(required)

(required)


*