कुमार लामालाई नेपाल फर्काउनेबारे छलफल

सशस्त्र द्वन्द्वकालमा कपिलवस्तुस्थित गोरुसिंगे ब्यारेकमा रहेका दुई जना बन्दीलाई यातना दिएको अभियोगमा दुई वर्ष colonel kumar-lamaअघि लन्डनमा पक्राउ परी बेलायतको अदालतमा मुद्वा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामामाथि लागेको आरोपबारे लण्डनमा सुनवाई जारी रहदा सत्य निरुपण तथा मेलमिलाप आयोगले उक्त मुद्दा आफ्नो क्षेत्राधिकारमा पर्ने भन्दै लामालाई नेपाल फर्काएर अनुसन्धान गर्नु पर्ने बताएको छ|

आयोगकी प्रवक्ता माधवी भट्टले बीबीसीसँग भनिन्, “हामीबीच छलफल हुँदा कुमार लामाको मुद्दा आयोगको क्षेत्राधिकारभित्र पर्छ भन्नेमा विश्वस्त छौं, आयोग गठन भइसकेको बेला कुमार लामालाई सरकारले फिर्ता ल्याउन पहल गरोस् भन्ने हामीले चाहेका छौं|”

लामाको मुद्दामा लन्डन स्थित अोल्ड बेली केन्द्रिय फौजदारी अदालतलले सोमबारदेखि पीडित भनिएको पक्षसँग बयान लिन शुरु गरेको छ| यातना विरुद्धको विश्वव्यापी क्षेत्राधिकार भएको कानुन अन्तर्गत जुरी गठन गरेर लन्डनमा लामा विरुद्ध सुनवाइ अघि बढीरहँदा हालै गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले उक्त मुद्दा नेपालमै फर्काउन सरकारले पहल गर्नुपर्ने बताएको हो |

लामाले दुईजना सर्वसाधारण जनक राउत र करम हुसेनलाई उक्त ब्यारेकमा चरम यातना दिइएको भन्ने अभियोजन पक्षको आरोप अस्वीकार गर्दै आएका छन् | तर उक्त यातनाको आरोपमा लामालाई दोषी ठहर गर्दै सेनाले कार्वाही गरिसकेको छ|