काग्रेसबाट को को छानिए मन्त्री ?(नामावली सहित)

आन्तरिक विवादका कारण लामो समय सम्म मन्त्री छान्न नसकेको नेपाली कांग्रेसले अन्तत सरकारमा पठाउने मन्त्रीको Nepali-Congress
टुंगो लागेको छ । बुधबार मन्त्रिपरिषदको विस्तार हुने भनिए पनि  रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि सकेको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवाले पौडेलपक्षलाई ५ मन्त्री दिने सहमति जनाएपछि विवाद टुङ्गएिको हो ।  शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सपथ गराउने तयारी छ ।

कसले पाए कुन जिम्मेवारी ?

रामचन्द्र पक्ष

  • सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण
  • नविन्द्रराज जोशी –उद्योग
  • दीपक गिरि –सिँचाई
  • हृदयराम थानी –सहकारी तथा गरिवी निवारण
  • रोमी गौचन थकाली –वाणिज्य

देउवा पक्ष

  • प्रकाशशरण महत –परराष्ट्र
  • अर्जुननरसिंह केसी –सहरी विकास
  • बालकृष्ण खाँड –रक्षा
  • जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन
  • सुर्यमान गुरुङ –श्रम
  • गगन थापा –स्वास्थ्य
  • केशवकुमार बुढाथोकी –सामान्य प्रशासन
  • शंकर भण्डारी –वन

यसअघि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।