कसरी भएको थियो ‘भारतीय साम्राज्यको विभाजन’

अहिले विश्व मानचित्रमा स्थापित भारत, पाकिस्तान र बङ्गलादेश सन् १९४९ अघि ब्रिटिस शासित भारतीय साम्राज्य थियो । १७ औँ सताब्दीको प्रारम्भमा व्यापार गर्नका लागि स्थापना भएको ब्रिटिस कम्पनीलाई अन्ततः औपनिवेशिक साम्राज्यको रूपमा विकसित गराई साढे तीन सय वर्ष लामो समयसम्म बेलायतीहरूले व्यापार एवं प्रत्यक्ष शासनको रूपमा राज गरे । India and pakistanउनीहरूले त्यति लामो समयसम्म राज गरेको भारतीय साम्राज्य स्वतन्त्र हुने बेलामा एक दिनको फरकमा एउटा देश दुई वटा बन्यो : १९४७ को १४ अगस्त पाकिस्तान र १५ अगस्त भारत ।

१६१२ मा भारतीय मुगल सम्राटबाट अनुमति लिएर इस्ट इण्डिया कम्पनीले एउटा स्थायी कारखानाको स्थापना गर्‍यो । त्यसभन्दा अगाडि पनि भारतमा युरोपियन कम्पनीहरूले आफ्नो व्यापार, उद्योगधन्दा चलाइरहेका थिए । इस्ट इण्डिया कम्पनीले अन्य युरोपियन कम्पनीहरूसित व्यापारिक प्रतिस्पर्धा गर्न थाल्यो । १६१२–१७५६सम्म व्यापार गरेको कम्पनीले बङ्गालका राजासँग युद्ध गर्‍यो र विजय प्राप्त गर्‍यो । त्यसपछि इस्ट इण्डिया कम्पनीले भारतमा आफ्नो आधिपत्य विस्तार गर्दै लग्यो ।

दोस्रो विश्वयुद्धभन्दा अगाडि बेलायतलाई सूर्य नअस्ताउने देश भनेर पनि भन्ने गरिन्थ्यो । सत्रौँ शताब्दीमा बेलायतमा जब औद्योगिक क्रान्ति भयो, त्यसपछि बेलायतले आफ्नो औद्योगिक व्यापारलाई विश्वव्यापी बनाउँदै लग्यो । भारत भूगोल र जनसङ्ख्याको हिसाबले बेलायतका लागि ठूलो औद्योगिक बजार थियो । इस्ट इण्डिया कम्पनीले बङ्गालको नबाबसँग युद्ध जितेपछि भारतमा बेलायती प्रभाव व्यापारिक मात्रै होइन, राजनीतिक रूपले पनि व्यापक बन्दै गयो । १९ औँ शताब्दीको मध्यसम्ममा त बेलायतीहरूले भारतमा ठूलो सैन्य तथा राजनीतिक शक्ति खडा गरेर शासन चलाइसकेका थिए ।

१८७६देखि भारतलाई ‘भारतीय साम्राज्य’ भनिन थालियो । भारतीय साम्राज्य पूर्णतः ब्रिटिस सरकारबाट प्रत्यक्ष शासित थियो । भारतीय साम्राज्यभित्रै झण्डै छ सय राज्यहरूमा स्थानीय राजारजौटाहरूले शासन गर्दथे । ब्रिटिस कानुनहरूको अधिनमा रहेर मात्रै उनीहरूले त्यहाँको शासन सञ्चालन गर्न पाउँथे । १९१०सम्म ५४ प्रतिशत भूभाग र ७७ प्रतिशत जनसङ्ख्या ब्रिटिसले कब्जा गरेको थियो । यसका अलावा भारतका कतिपय क्षेत्रहरूमाथि पोर्चुगल र फ्रान्सले कब्जा गरेका थिए ।

ब्रिटिस उपनिवेशका विरुद्ध एक भएर लड्नु पर्ने बेलामा भारतमा धार्मिक युद्धहरू हुन थाले । मुस्लिम लिग पृथकतावादी सङ्गठनको रूपमा अगाडि आयो ।

भारतवर्षको इतिहास जति लामो छ, त्यहाँको धार्मिक इतिहास पनि धेरै लामो छ । भारतमा धेरै धार्मिक सम्प्रदायहरू बसोबास गर्दछन्, जुन युगौँ पुरानो बसोबास हो । सनातन धर्म मान्नेहरूको इतिहास नै भारतको प्राचीन इतिहास हो । तर सातौँ शताब्दीदेखि अरब मूलका मुसलमान शासकहरूले आक्रमण गरी भारतका धेरै राज्यहरूमा शासन गर्न थाले । आफूले शासन गरेका राज्यहरूमा उनीहरूले बलपूर्वक धर्म परिवर्तन गराएर मुसलमानहरूको सङ्ख्या बढाउँदै लगेका थिए । अफगानिस्तानका मुगल सम्राट बाबरले मुसलमानहरूको सङ्ख्या बृद्धि गराउन ठूलो भूमिका खेलेका थिए । १८६० को दशकसम्म आइपुग्दा मुसलमानहरूको सङ्ख्या अधिक रूपमा बढ्यो । मुसलमानहरूको सङ्ख्या बढेसँगै धार्मिक असहिष्णुता पनि बढ्दै गयो । त्यतिञ्जेलसम्म भारतमा हिन्दू र मुसलमानका बीचमा कैयौँ धार्मिक द्वन्द्वहरू हुन थालिसकेका थिए । ती द्वन्द्वहरू सयौँ वर्षमा पनि कम भएनन्, झ्याङगिने क्रम बढि नै रह्यो ।

हिन्दू र मुसलमानहरूको यही धार्मिक विभाजनको फाइदा उठाएर अङ्ग्रेजहरूले ‘फुटाउ र शासन गर’ को नीति लागु गरेर भारतमा लामो समयसम्म औपनिवेशिक शासन चलाए । छिटफुट रूपमा पहिलेदेखि भइरहे पनि १९१८देखि भारतमा ब्रिटिस शासनका विरुद्धमा ठूल्ठूला हिंसात्मक र शान्तिपूर्ण आन्दोलनहरू चले । ब्रिटिस उपनिवेशका विरुद्ध एक भएर लड्नु पर्ने बेलामा भारतमा धार्मिक युद्धहरू हुन थाले । मुस्लिम लिग पृथकतावादी सङ्गठनको रूपमा अगाडि आयो । १९१६ मा मोहम्मद अली जिन्ना त्यसका एक नेता थिए, जति बेला भारतको विभाजन उनीहरूको उद्देश्य नभए जस्तो देखिन्थ्यो ।

१९०६ मा स्थापना भएको मुस्लिम लिग भारत विभाजनको निर्णायक शक्तिको रूपमा विकसित हुनेछ भनेर कसैले कल्पना गरेको थिएन होला । भारतीय स्वतन्त्रता आन्दोलनको नेतृत्व भारतीय काङ्ग्रेसले गरेको थियो । कम्युनिस्टहरू त्यसबाट अलग रहेका थिए । महात्मा गान्धी निर्विकल्प स्वतन्त्रता आन्दोलनका नेता थिए । सम्पूर्ण भारतीयहरूको पहिलो कार्यभार बेलायतीहरूलाई लखेटेर भारतलाई स्वतन्त्रताको शिखरमा पुर्‍याउनु थियो । त्यति बेला मोहम्मद अलि जिन्नाले काङ्ग्रेसको भारत छोडो आन्दोलनको विरोध गरेर दोस्रो विश्वयुद्धमा बेलायतलाई समर्थन गरे, जसले भारतमा औपनिवेशिक शासन चलाइरहहेको थियो ।

गान्धीले सत्य, अहिंसा र अवज्ञाबाट स्वतन्त्रता पाउन सकिन्छ भन्थे भने जिन्नाले संवैधानिक तरिका अपनाउने कुरा गर्दथे । जिन्नाले गान्धीलाई हिन्दुत्वलाई बढावा दिएको आरोप लगाए । भारतमा हिन्दू–मुसलमान टकराव कुनै नौलो कुरा हुन छोडिसकेको थियो

भारतलाई एक ढिक्का बनाउनका लागि त्यहाँ छरिएर रहेका धार्मिक तथा राजनीतिक शक्तिहरू एकजुट हुनु पर्ने थियो । त्यसका धेरै प्रयासहरू भए । भारतमा रहेका राजनीतिक शक्तिहरू मुस्लिम लिग र काङ्ग्रेसका बीच १९१६ मा एकता पनि भयो । जिन्ना काङ्ग्रेसका एक नेता बने । तर उक्त एकता लामो समय टिकेन । १९१८ मा भएको सत्याग्रह आन्दोलन सँगसँगै महात्मा गान्धीको उदय भएपछि मोहम्मद अलि जिन्ना र गान्धीको बीचमा मतभेद उत्पन्न भयो । १९२० मै जिन्नाले काङ्ग्रेस परित्याग गरे ।

गान्धीले सत्य, अहिंसा र अवज्ञाबाट स्वतन्त्रता पाउन सकिन्छ भन्थे भने जिन्नाले संवैधानिक तरिका अपनाउने कुरा गर्दथे । जिन्नाले गान्धीलाई हिन्दुत्वलाई बढावा दिएको आरोप लगाए । भारतमा हिन्दू–मुसलमान टकराव कुनै नौलो कुरा हुन छोडिसकेको थियो । १९१६ मा मुस्लिम लिग र काङ्ग्रेसबीचको एकताको उद्देश्य धार्मिक टकरावलाई कम गर्नु नै थियो । तर त्यो त्यति कामयाब हुन सकेन । भारतीय साम्राज्यमा धार्मिक अतिवादले आफ्ना जराहरूलाई बलियो बनाउँदै लगेको थियो । १९३०देखि नै पाकिस्तान अलग गराउने अभियानलाई तीव्रता दिइयो । १९३३ मा पाकिस्तान शब्दको जन्म गराइएको पाइन्छ । १९४० मा लाहोरमा भएको अधिवेशनमा मुस्लिम लिगको उद्देश्य अनुसार नै पाकिस्तान निर्माण भएको घोषणा गरियो । काङ्ग्रेसले त्यस प्रस्तावमाथि आपत्ति जनाउँदै अस्वीकार गरिदियो । अन्य धेरै मुसलमान नेता र सङ्गठनहरूले पनि त्यसको विरोध गरे ।

बेलायतीहरू भारत विभाजनमा लागि परेका थिए । १९४६ मा ‘ब्रिटिस क्याबिनेट मिसन’ ले ल्याएको मुस्लिम बाहुलता प्रान्तको प्रस्ताव विभाजनको लागि ल्याइएको भन्दै महात्मा गान्धी त्यसको विरोधमा उत्रिए । भारतमा रहेका हिन्दू, शिख, मुसलमान लगायत ठूलो धार्मिक सङ्ख्या भारतीय साम्राज्य विभाजनको पक्षमा थियो । महात्मा गान्धी विभाजनको पक्षमा थिएनन् । तर परिस्थिति यस्तो बन्दै गयो कि हिन्दू र मुसलमानहरूबीच भएको युद्धबाट लाखौँ मान्छेको कत्लेआम वा विभाजन भए । काङ्ग्रेस नेताहरू पनि क्रमशः विभाजनकै पक्षमा देखिन थाले । धार्मिक युद्धले भारतीय साम्राज्य आक्रान्त बन्दै गएपछि जवाहरलाल नेहरू र सरदार पटेल गान्धीलाई भारत विभाजनको पक्षमा ल्याउन सफल भए । गान्धीको भारतीय साम्राज्य विभाजन हुन नहुने अडानका विरुद्ध मुसलमानहरूले हत्या र आतङ्कलाई भारतव्यापी बनाएका थिए । मोहम्मद अली जिन्ना भारतव्यापी रूपमा विभाजनको भाषण गर्दै हिँडेका थिए । पाकिस्तानको निर्माण जिन्ना र मुस्लिम लिगको सपना बनिसकेको थियो ।

हिन्दू मुसलमानहरूबीच ठूल्ठूला हिंसाहरू चर्किंदै गएपछि भारतीय काङ्ग्रेस र मुस्लिम लिगका नेताहरूको संयुक्त बैठक बस्यो । बैठकले भारतको विभाजनलाई रोक्न सकेन । लाखौँलाख जनता योजनाबद्ध हिंसाबाट मारिने क्रम नरोकिएपछि भारतको विभाजनको निर्णय दिने एक मात्र विकल्प बन्यो । भारतीय नेताहरू आफ्नो राष्ट्र विभाजनको कठोर निर्णय गर्न बाध्य भए । १९४७ जुन ३ का दिन भारतको विभाजन र पाकिस्तानको बेग्लै राष्ट्र निर्माणको मागलाई संयुक्त रूपमा स्वीकार गरियो । विभाजनको दिनसमेत तोकियो : १५ अगस्त १९४७ । विभाजनको निर्णय गरिएपछि भारतको भागवण्डा पनि सुरू भयो । दुई वटा बङ्गाल र दुईवटा पञ्जाबलाई दुई देशमा पर्ने गरी भागवण्डा मिलाइयो । पूर्वी बङ्गाल पाकिस्तानलाई दिइयो, जुनपछि गएर छुट्टै राष्ट्र बङ्गलादेश बन्यो । पश्चिम बङ्गाल भारतमै रहनेभयो । पश्चिम पञ्जाब पाकिस्तानलाई दिइयो भने पूर्वी पञ्जाब भारतमा रह्यो । पाकिस्तानले पश्चिम पञ्जावलाई पञ्जाब र इस्लामावाद बनायो ।

इस्लामावादमा अहिले पाकिस्तानको राजधानी रहेको छ । भारतले पूर्वी पञ्जाबलाई विभाजन गरेर पञ्जाब, हरियाणा र हिमाचल प्रदेश बनायो । भारतीय साम्राज्यको सम्पत्ति पनि बाँडफाँड गरिएको थियो । नगर सेवा, रेलवे, सेना लगायत केन्द्रीय सम्पत्तिको बाँडफाँड गरिएको थियो । पाकिस्तानलाई ५५ करोड दिने भनिएको थियो । तर भारतीय नेताहरूले यदि उक्त रकम दिइए पाकिस्तानले भारतका विरुद्ध युद्ध गर्नका लागि खर्च गर्ने भन्दै पटेल लगायतका नेताहरू नदिने पक्षमा देखिए । देश नै विभाजन गर्ने निर्णय भएपछि ५५ करोड ठूलो कुरा थिएन, महात्मा गान्धीले अनसन गरेरै पाकिस्तानलाई उक्त रकम दिलाए । उक्त रकम नदिँदा झन् ठूलो हिंसा मच्चिने र मानव नरसंहार हुने पक्कापक्की थियो ।

भारत स्वतन्त्र हुनुभन्दा अगाडि त्यहाँ संविधान सभाको चुनाव भयो । संविधान सभाको चुनाव भारतीय साम्राज्य विभाजन हुन नदिने एउटा कडी हुन सक्थ्यो । तर परिस्थिति त्यस्तो भएन । ब्रिटिस स्वयं भारत विभाजनको पक्षमा थियो । भारतीय काङ्ग्रेसले १९३४ मा संविधान सभाको मागलाई अगाडि सारेको थियो । उक्त प्रस्तावलाई ब्रिटिस सरकारले १९४० मा स्वीकार गर्‍यो । जुलाई १९४६ मा संविधान सभाको निर्वाचन भयो । निर्वाचनबाट तिन सय ९८ सदस्यीय संविधान सभा गठन भयो । संविधान सभामा विभिन्न क्षेत्र, जात÷जाति, धर्म, समुदायबाट प्रतिनिधित्व गराइएको थियो । १९४६ डिसेम्बर ९ मा संविधान सभाको पहिलो बैठक बस्यो, जसमा दुई सय १० जनाले मात्र भाग लिए । मुसलमानहरूले पृथक राष्ट्रको माग गरिरहेका थिए ।

भारतीय साम्राज्यका रेलहरू सीमा पार गर्ने मान्छेहरूले खचाखच भरिएका थिए । हिंसा रोक्नका लागि १९४४ मा महात्मा गान्धी र मोहम्मद अली जिन्नाको बीचमा धेरै पटकसम्म वार्ता भए । तर ती वार्ताहरू सफल हुन सकेनन् ।

मोहम्मद अली जिन्नाको मुस्लिम लिगले बेग्लै राष्ट्रको माग गरेको थियो । मुस्लिम लिगले संविधान सभाको बैठक बहिस्कार गरी हिंसात्मक आन्दोलन सुरू गर्‍यो । हिन्दू र मुसलमानको बीचमा सयौँ हिंसाहरू भए । हिन्दू मुस्लिम हिंसामा १३ करोड जनता घरबारविहीन भएका थिए । लाखौँ मानिसहरू मारिएका थिए । यो पनि माग उठ्यो कि भारतीय साम्राज्यमा रहेका सबै मुसलमानहरूलाई पाकिस्तान पठाइयोस् र पाकिस्तानमा रहेका सबै हिन्दूहरूलाई भारत पठाइयोस् । त्यसको व्यापक विरोध भयो । तर सत्य यो पनि थियो कि १२ करोडभन्दा धेरै मान्छेहरू भारत पाकिस्तान सीमा पार गरे । भारतीय साम्राज्यका रेलहरू सीमा पार गर्ने मान्छेहरूले खचाखच भरिएका थिए । हिंसा रोक्नका लागि १९४४ मा महात्मा गान्धी र मोहम्मद अली जिन्नाको बीचमा धेरै पटकसम्म वार्ता भए । तर ती वार्ताहरू सफल हुन सकेनन् । किनकि मुसलमानहरूको बेग्लै राष्ट्र निर्माण गर्ने अभियान धेरै अगाडि बढिसकेको थियो ।

भारतबाट स्वतन्त्र हुने बेलामा भारतभरि साढे पाँच सयभन्दा बढी राजारजौटाहरू थिए । मुसलमान राजाहरूले पाकिस्तान र हिन्दू राजाहरूले भारतमा गाभिने राय व्यक्त गरे । कास्मिरी राजा हरिसिंहले भने छुट्टै राज्य जम्मू कास्मिरको माग गरेका थिए । पाकिस्तानी मुसलमानहरूले कास्मिरमाथि आक्रमण गरेपछि सिंहले भारतीय शरण लिए । त्यही मौकामा कास्मिरमाथि आक्रमण गरेर उक्त राज्यलाई भारतले आफ्नो राष्ट्रमा गाभिदियो । मुसलमानहरूको बाहुल्य रहेको कास्मिरलाई पाकिस्तानले दाबी गरिरहेको छ । तर कास्मिरमा बेग्लै राज्यको माग पनि उठिरहेको छ । अहिले कास्मिरमा भारतले शासन गरिरहेको छ । १९४७देखि हालसम्म धेरै पटक भारत र पाकिस्तानबीच युद्धहरू भए । ती युद्धहरू त्यही जम्मू कास्मिरको विषयलाई लिएर भएका थिए ।

विभाजनको दिन १५ अगस्त तोकिए पनि १४ अगस्तमै कराँचीमा मुसलमान राष्ट्र पाकिस्तानको उदय भएको घोषणा गरियो । भारतले दिल्लीको लालकिल्लामा बेलायती झण्डा हटाएर भारतीय झण्डा फहराएर भारत स्वतन्त्रताको झण्डा फहरायो ।

अन्ततः विभाजनको दिन आयो । विभाजनको दिन १५ अगस्त तोकिए पनि १४ अगस्तमै कराँचीमा मुसलमान राष्ट्र पाकिस्तानको उदय भएको घोषणा गरियो । भारतले दिल्लीको लालकिल्लामा बेलायती झण्डा हटाएर भारतीय झण्डा फहराएर भारत स्वतन्त्रताको झण्डा फहरायो । भारतले १५ अगस्त र पाकिस्तानले १४ अगस्तलाई आफ्नो स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएका छन् । भारतीय विभाजन भारतीय स्वतन्त्रता सङ्ग्रामको विजयको झण्डाको एउटा अभिन्न अङ्ग बन्यो अर्थात् भारत स्वतन्त्र मात्र भएन, विभाजन पनि भयो । विश्व मानचित्रमा अर्को देश थपियो– पाकिस्तान । भारतबाट टुक्रिएको पाकिस्तान लामो समयसम्म एक रहन सकेन । त्यहाँ गृहयुद्ध सुरू भयो । उक्त गृहयुद्धको परिणाम यो भयो कि १९७१ मा बङ्गलादेशको निर्माण भयो, जुन भारत विभाजन हुँदा पाकिस्तानको भागमा परेको थियो ।

पाकिस्तानको क्षेत्रफल आठ लाख तिन हजार नौ सय ४० वर्ग किलोमिटरमा फैलिएको छ भने १७ करोडभन्दा बढी जनसङ्ख्या रहेको छ । भारतको क्षेत्रफल ३२ लाख ७७ हजार दुई सय ६३ वर्ग किलोमिटर रहेको छ भने एक अरब २१ करोड जनसङ्ख्या रहेको छ । १९७१ मा पाकिस्तानबाट विभाजन भएको बङ्गलादेशको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय ७० वर्ग किलोमिटर रहेको छ ।

-विमल पोखरेल