कवितामा प्रवासका पीडा

डेढ दशकदेखि प्रवासमा रहेर साहित्यिक सृजनामा सक्रिय कवि तीर्थ संगम राईको एकल कविता वाचन कार्यक्रम शनिबार(फागुन २३ गते) झापाको झिलझिलेमा सम्पन्न भएको छ ।
कवि राई अन्तरराष्ट्रिय नेपाली साहित्यक समाज कतार च्याप्टरका अध्यक्ष, नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघको संस्थापक अध्यक्ष रहेर साहित्यमा सक्रिय रहँदै आएका छन् । उनको यसअघि कतारमा समेत एकल कविता वाचन कार्यक्रम भइसकेको छ । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारुङले साहित्यमा रहेको केन्द्रिकृत सोच मोफसलमा हुने साहित्यिक गतिविधिले हटाउँदै लगेको बताए । उनले कार्यक्रममा कवितासमेत सुनाएका थिए ।